थारु समुदायका महिलाका लागि हस्तकला तालिम

देउखुरी,२ फागुन । कला सिर्जनाबाट जन्मिन्छ । कला सिर्जना सिर्जनात्मक, नवीन र स्वतन्त्र हुन्छ । त्यस्तै कला सिर्जनालाई नमूनाको रुपमा लिई त्यसको प्रतिरुपहरु बनाउने हो भने त्यो हस्तकला हुन्छ ।

परम्परागत रुपमा बनाइदै आइरहेको हस्तकलालाई आधुनिकिकरणसहित थारु समुदायमा बनाइदै आइरहेको हस्तकलालाई संरक्षण गर्ने उदेश्यले दाङको लमहीमा हस्तकला तालिमको आयोजना गरिएको छ । थारु आयोग काठमाडौ र हेलो इन्टरनेशनल प्रालीको आयोजनामा महिलाहरुलाई आत्मानिर्भर गराउने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।

महिलाले परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न खेरा गैरहेको स्थानिय कच्चा पदार्थबाट हस्तकलाका सामाग्री बनाउन सकिने र थारु समुदायको पहिचान बचाउदै आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्दै तालिमको आयोजना गरिएको थारु आयोगका सुबोधसिह थारुले बताए ।

तालिमको उदघाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले थारु समुदायको सस्कृती र परम्परा बैज्ञानिक रहेको र थारू सस्कृती को उत्थानका लागि पालिकास्तरबाट केही गर्न नसकेकोमा दुःख ब्यक्त गरे । हस्तकलाका सामाग्रीहरुको ठुला होटेल र विदेशबाट आएका पर्यटकहरुले बढी माग गर्दछन् । उनले यदि महिलाहरुले यस सिपलाई व्यवहारमा उतारे भने राम्रो आम्दानी गर्न सक्छन् र आत्मनिर्भर बन्न सक्ने बताए ।

महिलाहरुको जीवनस्तर उठाउन र थारु परम्परा जिबित राख्न यस तालिमले सहयोग पुग्ने थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर १ का पूर्व अध्यक्ष चेतराम चौधरीले बताए । तालिम फागुन १ गतेदेखि ३० गतेसम्म संचालन हुने छ भने तालिममा २० जना थारु महिलाहरु सहभागी रहेका छन ।

तालिम सिकेको सिपलाइ व्यबहारमा उतार्दै व्यावसायिक रुपमा अगाडि बढाउदै लैजाने हो भने एकातर्फ थारु समुदायको परम्पराको संरक्षण हुने छ भने अर्कोतर्फ थारु महिलाहरुको जीवन उकासिन मद्धत पुग्ने निश्चिति छ । अनिल कुमार चौधरीको अध्यक्षता र हस्तकला संघ दाङका अध्यक्ष असोक थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दुर्गा कुमारी चौधरीले गरेकी थिइन ।