शिव राज खनाल
देउखुरी,२ फागुन । पहिले पहिले देउखुरी रहेको दोलही खोलाले स्थानीयलाई सताउनुसम्म सतायो । खेतमा तयार भएको धान बगायो कति घर भत्कायो । कतिको ज्यान समेत लिएको घटना छ ।
तर हाल भने दोलाइ खोला तटबन्ध गरिएपछि बर्षामा आउने बाढीबाट हुने डुबान तथा कटानको समस्या समाधान भएको छ । आधादर्जन भन्दा बस्ती सुरक्षित भएका छन भने खोलाले कटान गरेर बगरमा परिणत भएको जग्गा उकासिएको छ । कुनै समय पानी पर्दा त्रासमा रहने स्थानीय अहिले भने सुःखको जीवन विताउन थालेका छन ।
दोलही खोलामा आएको बाढीले राप्ती गाउँपालिका ५ कालापानी निवासी जगमोहन चौधरीको घर बगाएको थियो । खोला किनारको जग्गा पनि कटान गरेको थियो । तर, अहिले बाढी आयो भने बस्तीमा पस्दैन । खोलाको दुबै किनारमा बृहत तटबन्ध गरेपछी कालापानी गाउँ सुरक्षित भएको स्थानीय जगमोहन चौधरीले बताउछन । ‘आकाशमा बादल देख्दा डराउनु पर्त्यो ,पानी पर्दा कति रात नसुतेर बिताउथ्यो, तटबन्ध भएपछि आनन्द भएको छू’,चौधरीले भने ।
पिपरीदेखि डोढहीसम्म करिब ११ किलोमिटर क्षेत्र तटबन्ध भएको छ । डुबान र कटान नियन्त्रण गर्न बृहत तटबन्ध कार्यक्रम लागु भएपछी कालापानी, कोहलुवा, लठ्ठहवा, पहरुवा, सिंगे, डोडही लगायत आधा दर्जन गाउँ रक्षित भएका छन् । बस्ती सुरक्षित भएपछी बर्षामा पनि ढुक्कले निदाउन सक्ने भएको स्थानीय बताउछन ।
जनस्तरको पहलबाट दोलही खोलामा तटबन्ध सुरु गरिएको थियो । स्थानीय स्तरबाट भएको पहलले सार्थकता पाएपछी बहुबर्षिय कार्यक्रम स्विकृत गरेर तटबन्ध लागु भयो । दोलही खोला तटबन्धमा सरकारको झण्डै ५० करोड लगानी लागेको छ । तटबन्धले बस्ती सुरक्षित हुदा खुसी लागेको दोलही खोला तटबन्ध समन्वय समितिका उपाध्यक्ष शान्तराज शर्मा पन्थी बताउछन ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङले दोलही खोलामा तटबन्धको काम सम्पन्न गरेको हो । लगातार पानी प¥यो भने खोलामा उर्लने बाढीले त्रास थप्थ्यो । रातभरी निदाउन सकिदैन्थ्यो । खोलामा आउने बाढीको डुबान र कटानको चपेटामा परेर पिडित भएका स्थानीय बृहत तटबन्धपछी खुसी भएका छन् ।