शिवराज खनाल ,
लमही दाङ १५ चैत। लमही उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले अति विपन्न परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
कोरोना भाइरसको कारण मुलुक नै लकडाउनमा गएपछि दैनिक ज्याला मजदुरी गरेर जीवन धान्नेहरुलाई कठिन देखिएपछि उनीहरुलाई दैनिक चलाउन सहयोग परोस् भन्ने उद्देश्यले प्रतेक घर धुरीलाई एक कट्टा चामल , २ केजि दाल , ५ केजि आलु र १ केजि नुनका दरले सहयोग गरेका हुन् ।
देउखुरी उपत्यकामा दैनिक ज्याला मजदुरी गरे बाँच्नेहरुले काम नपाउने र गाँस, बासकै समस्या हुने स्थिति आएको भन्दै उनले उक्त सहयोग गरेको बताए ।
श्रेष्ठले सनिबार लमही नगरपालिका ५ बस्ने राजु परियार, अर्जुनकुमार धवन, टोप बहादुर परिवार, जौवा चौधरी, अतरामी चौधरी, दुखी राम, फागुराम चौधरि, मधुकर चौधरी, सोनु चौधरी गरि ९ घर परिवारलार्इ राहत बितरण गरेका हुन् ।