कालो दिन भनौ या वेदनाको आवाज
ज्वालाका त्यी राप भनौ या दैवको खोट
सपना के थिए भोलिको खै निरासावाद
जिउदै पोलिदा कस्तो भयानक थियो त्यो चोट ।
अनाहक थियो त्यो घटना अनि त्यो उमेर
जीउ नै सिरिङ्ग हुने दुःखद खबर थियो त्यो सुनिने
कलिलो उमेर अन्जान रात चकनाचुर अनि बेखबर
झिसमिस त्यो रात बन्यो नउँदाउने अन्जान कहाँबाट
सम्झौता गरौं त गरौं कोसँग यो निष्ठुरी समयसँग
या त कहिले नबिउझिने त्यी ढुङ्गे देवतासँग
सहजै भनौ या असहजको मुद्रामा भनौ
हामी मौन छौ दैव तिम्रो दैवीप्रकोप खोटसँग
आशा मरेका छन् सपना टुटेका छन् क्यौं
खम्बा ढलेका छन् त कसैको जिवन किरण
यहाँ मन जलेको छ जिवितै मनुवा जलेको छ ।
मात्र एउटै शब्द छायको छ ओठ काप्दै
हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली ।
समिप आचार्य
✍यात्री