दाङमा चेक बाउन्सको आरोपमा एक जना पक्राउ

शिवराज खनाल
दाङ, २८ पुस । दाङमा प्रहरीले चेक बाउन्सको आरोपमा एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी अरुनकुमार गुप्तालाई चेक बाउन्सको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रलोभनमा पारी अनेक बहाना बनाई आफ्नो ब्यक्तिगत जग्गा एक जनासँग बैना बुझी अर्कैलाई जग्गा पास गरिदिएको र बैना फिर्ता नगरी झुक्याउन पारी बाउन्स चेक दिने गरेको प्रहरीले जनाएको छ।

मल्लरानी गाउपालिका वडा ५ का भरतबहादुर बिश्वकर्मा सङ लिएको १५ लाख ७५ हजार रकम फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा उक्त चेक सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकाले बैंकबाट चेक बाउन्स भएपश्चात बैंकिङ कसूर मुद्दामा प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यलय लमहीले बतायो । फरार रहेका गुप्ता हाल वडा प्रहरी कार्यलय लमहीको नियन्त्रण रहेका छन ।