नाकामा खाद्यान्नको समस्या

शिवराज खनाल

देउखुरी,१५ चैत । कोरोना भाइरसका कारण नेपाल भारत सिमा नाकहरु बन्द भएपछि दाङका सिमावर्ती क्षेत्रका बस्तीहरूमा खाद्यान्नको समस्या देखिन थालेको छ । भारतीय बजारमा निर्भर नेपाली बस्तीहरु लामोसमय नाका बन्द हुँदा समस्या परेका हुन् ।

सिमा नाका बन्द भएपछि अहिले देउखुरीका सिरिया नाका, गुरुङखोला नाका, पटौलिनाका, बरुवा नाका, कल्याणपुर नाकालगायत २२ वटा नाकामा रहेका बस्तीहरुमा खाद्यान्नलगायतको समस्या देखिएको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रसिह भन्डारीले जानकारी दिएका छन् ।

समस्या देखिएका भारतीय नाका क्षेत्रमा पर्ने वडा नं १, ६ र ७ का बस्तीहरुमा खाद्यान पुर्याउनका लागि राजपुर गाउँपालिकाले वडा नम्बर २ बेलामा रहेको सर्बोदय सहकारी सस्थालाई जिम्मेवारी दिएको छ ।

उक्त संस्थाले आफूसगँ रहेका चामल र अन्य दाल, तेल, नुन, तरकारी सहित खाद्यान्नका समाग्री उपलब्ध गराउने छ । त्यसैगरी राजपुर गाउँपालिकाले गढवा उद्योग बाणिज्य संघसगँ समन्वय गरी आबश्यक खाद्यान्न उपलब्ध गराई दिने भएको छ।
नाकामा पुराइएको खाद्यान्न देउखुरी क्षेत्रको दरमा बिक्री हुने र ढुवानी भाडा गाउँपालिकाले दिने गरी दुवै पक्ष विचमा सहमति भएको छ । नाका क्षेत्रका बासिन्दाहरु किनमेल गर्नका भारतीय बजारमा निर्भर रहेको र हाल नाका बन्दका कारण खाध्यान किन मेल गर्न कठिनाइ परेको र नाका बस्तिका खाद्यान्न पठाउन थालिएको राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसीले बताएका छ्न् ।
खाद्यान्न सहयोगमा गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतिदेवि यादव, वडाअध्यक्षहरू बिष्णबहादुर बुढा, नरेन्द्र सिंह भण्डारी, श्याम बहादुर रोका, प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, लेखा अधिकृत भरतमणि पोख्रेल, सहकारी संस्थाका अध्यक्षसहित अन्य पदाधिकारीको सहभागीता रहेको थियो ।