देउखुरी, चैत्र १४ ।
लमही नगरपालिका नगर अन्तरगतको विपद् व्यवस्थापन समितिले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीको व्यवस्थापनका लागि लमही नगरपालिकाको तर्फबाट रु पचाँस लाखको राहात कोष स्थापना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जिल्ला सूरक्षा समितिको चैत १३ गतेको निर्णय अनुसार आइसुलेसनमा राखिएको व्यक्तीलार्इ खाना खुवाइने लगाएतका सामाग्री उपलब्ध गराउन प्रयोजनका लागि नगर पालिकाको तर्फवाट एक लाख रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
शुक्रवार लमही नगरपालिका नगर प्रमुख एवंविपद् व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले उल्लिखित निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिएका छन् ।
कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीहरुलार्इ व्यवस्थापनको लागि लमही नगरपालिकाद्धारा स्थापना गरिएको राहात कोषमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको तर्फबाट पैतिसहजार, नगर उपप्रमुख देबका बेल्वासेको तर्फबाट तिसहजार, वडा नन्म्बर १ का वडाध्यक्ष नुमराज पौडेलको तर्फबाट पच्चिस हजार, २ का वडाध्यक्ष नेपालु चौधरीको तर्फबाट पच्चिस हजार, ३ का वडाध्यक्ष बाबुराम चौधरीको तर्फबाट पच्चिस हजार, ४ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार, ५ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार, ६ का वडाध्यक्ष गणेशमान चौधरीको तर्फबाट पच्चिस हजार, ७ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार, ८ का वडाध्यक्षको तर्फबाट पच्चिस हजार र ९ का वडाध्यक्ष भेषबहादुर केसी रमेश को तर्फबाट पच्चिस हजार जम्मा गरि पचाँस लाखको राहात कोष स्थापनाको सुरुवात गरिएको पनि प्रबक्ता केसीले जानकारी दिएका छन् ।
सो राहात कोष लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेको संयुक्त दस्ताखतबाट संचालन गर्ने निर्णय पनि गएिको छ । यस्तै बैठकले लमही नगरपालिका क्षेत्रभित्र राहात सहज रुपमा वितरण गर्ने प्रयोजनका लागि अति विपन्न घर परिवार पहिचान र विदेशबाट आएका व्यक्तीहरुको विवरण संकलनका लागि वडा स्तरीय विपद् व्यवस्थापना समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुलाइ परिचालन गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता केसीका अनुसार नगर क्षेत्रभित्र रहेका संकास्पद व्यक्तीलाइ राख्नको लागि तिस बेडको देउखुरी बहुमुखि क्याम्पसको भवनमा क्वारेन्टाइन निर्माण गर्ने, मेडिकल व्यवसायीहरुले पसल विहान दश बजेदेखि दिउँसो तिनबजे सम्म मात्र खुल्ला गर्ने निर्णय गरेतापनि अहिलेको यस संक्रमणकालीन अवस्थालाइ मध्यनजर गर्दै विहान सात बजेदेखि एघार बजे सम्म र दिउँसो तिन बजेदेखि बेलुका ७ बजे सम्म पसल खोल्ने औषधी व्यवसायीहरुलाइ अनुरोध गर्ने र नगर क्षेत्रभित्र रहेका दैनिक उपभोग सामाग्री बिक्री वितरण गर्ने व्यवसायीयहरुलाइ विहान ६ बजे देखि ९ बजे सम्म तिन घण्टा पसल खोल्न अनुरोध गर्ने निर्णय पनि शुक्रबारको बैठकले गरेको छ ।