तुलसीपुर चैत्र १४ ।
तुलसीपुर उपमहानगरपालिका अन्तर्गत ११ नम्वर वडामा स्थाई घर भई रोजगारीको सिलसिलामा भारत तथा अन्य वाहिरी मुलुकबाट पछिल्लो २ साता यता घर फर्किएकाहरुको स्वास्थ्य अवस्था जाँच गर्न स्वास्थ्यकर्मि सहित जनप्रतिनिधि गांँउमा पुगेका छन् ।
उनीहरुको अवस्था वुझ्दै मास्क समेत वितरण गरिएको छ । तुलसीपुर ११ नम्वर वडाका जनप्रतिनिधि, उरहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा प्रहरी चौकी जसपुरका प्रहरीहरु सम्मीलित विशेष टोलीले आज शुक्रबार तुलसीपुर ११ नम्वर वडाका विभिन्न टोलमा पुगी भारत तथा अन्य वाहिरी मुलुकबाट २ साता यता घर फर्किएकाहरुलाई घर घरमा भेट गरि उनीहरुको स्वास्थ्य अवश्था वारे जानकारी लिनुका साथै मास्क वितरण तथा कोरोनाबाट वच्ने उपायका वारेमा जानकारी गराईएको तुलसीपुर ११ नम्वर वडा अध्यक्ष चित्र वहादुर वलीले जानकारी दिए ।
वडा अध्यक्ष वलीका अनुसार दुईवटा टोलीले आज झण्डै ३ दर्जन त्यस्ता व्यक्तीहरुलाई भेट गरेको छ भने यो अभियान जारि रहने छ ।
दुई वटा टिम वनाई तुलसीपुर ११ नम्वर वडाका टोलबाट जानकारी आए अनुसार भर्खरै वाहिरी मुलुकबाट घर फर्किएका व्यक्तीहरुलाई भेट गरि होम क्वारेन्टाईनमा वस्न तथा स्वास्थ्यमा केही समस्या देखा परे तत्काल स्वास्थ्यकर्मि तथा सरोकारवालाहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै कोरोना सम्वन्धी जनचेतना मुलक पम्प्लेट समेत वितरण गरिएको हो ।
उक्त दुई वटा टोलीमा वडा अध्यक्ष चित्र वहादुर वली, वडा सदस्यहरु घनश्याम गौतम, सुवास डांगी, वडा सचिव लक्ष्मी राना, उरहरी स्वास्थ्य चौकीका ईन्चार्ज चित्र वहादुर वली, स्वास्थ्य चौकीका एच एद्धय यज्ञ वहादुर केसी, शेर वहादुर विसी, अहेव खड्ग वहादुर वस्नेत, ल्याव असिष्टेन्ट विष्णु भण्डारी, जसपुर प्रहरी चौकीका ईन्चार्ज नेत्र वहादुर नेपाली, हवल्दार रुद्र वहादुर वुढाथोकी लगायतका रहेका थिए ।
भेटघाटका क्रममा २ दिनदेखि २ हप्ता भित्र घर फर्किएकाहरुको स्वास्थ्य अवश्था वारे जानकारी लिईएको मध्ये हाल सम्म सवैको स्वास्थ्य अवश्था सामान्य नै पाईएको उरहरी स्वास्थ्य चौकीका ईन्चार्ज चित्र वहादुर वलीले जानकारी दिए । उनका अनुसार ति व्यक्तीहरुको मोवाईल नम्वर समेत लिईएको र स्वास्थ्यकर्मि तथा वडाका प्रतिनिधिहरुको नम्वर दिइएको छ ।
ति व्यक्तीहरुलाई २ हप्तासम्म निरन्तर निगरानी गरिने र आवश्यक परे स्वास्थ्यकर्मिको सिफारिसमा क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईने वडा सदस्य सुवास डांगीले जानकारी दिए । वडा सदस्य डांगीका अनुशार विदेशबाट भर्खरै गांउ फर्किएका थप जानकारी आए सवैको स्वस्थ्य अवश्था वारे जानकारी लिन गांउगांउ पुग्ने यो अभियान जारी रहने छ ।