दाङ,१३ चैत। कोरोना भाइरसको आशकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत ५ जना बिरामी मध्य दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ। आज भएको स्वाव परिक्षणमा उनीहरुको नेगेटिभ देखिएको हो ।
कोरोनाको त्रास फैलिरहेका बेला रुघाखोकी र उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा उनीहरु केही दिन पहिले प्रतिष्ठानमा उपचारका लागि पुगेका थिए । उनीहरुमा कोरोनाको आशंका गरिएपछि स्वाव परिक्षणको लागि काठमाडौ पठाइएको थियो ।
काठमाडौंको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाईएका ५ जना मध्य दुई जनाकोको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छ्न्। अन्य विरामीको रिपोर्ट परीक्षणको क्रममा रहेको समेत बताए । उनीहरु एकजना जापानबाट र अर्का एक जना भारतबाट नेपाल आएका थिए । रिपोर्ट नेगेटिभ आएका दुई जना बिरामीलाई डिस्चार्ज गरेको उनले बताए । अन्य तीन जनाको स्याम्पल परिक्षणका क्रममा रहेको प्रतिष्ठानले जनाएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशीक अस्पताल र वेलझुण्डीको कोरोना विशेष अस्पतालमा गरि ८ जना विरामी आइसोलेसनमा भर्ना भई उपचार गराइरहेका छन् । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा एक जना बिरामी रहेका छ्न ।