बन्यो कोरोनाको मूर्ती, बास्तविक आकार भन्दा २० लाख गुणा ठूलो

ब्रिटिश कलाकार लूक जेरमले सिसा प्रयोग गरेर कोरोनाभाइरसको एउटा मूर्ति बनाएका छन् ।
बीबीसीका अनुसार यो मूर्तीको आकार कोरोना भाइरसको बास्तविक आकार भन्दा भाइरसको वास्तविक आकारभन्दा २० लाख गुणा ठूलो छ ।

कोरोनाभाइरसको अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाई सघाउने उद्देश्यले आफूले उक्त प्रतिमा बनाएको जेरमले बताएका छन् ।

यस अघी यी कलाकारले घातक रोक लगाउने अन्य बिषाणुको मुर्ती पनि बनाएका थिए ।
बीबीसीले आफ्नो वेभसाइटमा राखेको भिडिओको अनुसार अमेरिका स्थित ड्युक युनिभर्सिटीले २३ सेन्टीमिटर आकारको नमूना यो नमूना बनाउन लगाएको हो ।

बीबीसीले राखेको भिडियोमा कलाकारको आवाजमा भनिएको छ, ‘यो नमुना ल्गास ब्लोइङ बिधि प्रयोग गरेर बनाइएको हो । यो पारदर्शी र रंगिन छ । किनभने भाइसरहरु प्रकाशका दुई तरंगबीचको दूरीभन्दा साना हुन्छन् । अनी बास्तवमा तिनको रंग हुँदैन । त्यसैले म यो कलाकृतिवाट त्यो (भाइरस) कस्तो देखिन्छ भन्ने थाहा पाउछन् भन्ने म अपेक्षा गर्दछु । यो कामवाट हुने सबै अर्थोपार्जन र रकम मेडिसिन सान फ्रण्टिएरलाई जाने छ, जस्ले मानिसहरुलाई यो माहामारीसंग संघर्ष गर्न सघाउने छ ।’

 

https://www.bbc.com/nepali/news-52032904