लिलाधर वली
दाङ,१४ चैत्र । लकडाउनका कारण घरभित्रै बस्नु परेका नागरिकलाई खाद्यान्नको अभाव नहोस् भनेर दैनिक ३ घण्टा खाद्यान्नको पसल खुला गरिएको छ । खाद्यान्न खरिद गर्नका लागि पैसाको पनि जरुरत पर्ने नै भयो ।
यो बुझेर दाङका बैकहरुले लकडाउनका बावजुत पनि दैनिक दाङमा दुई घण्टा सेवा दिइरहेका छन् । यो अबधीमा पैसा निकाल्ने र जम्मा गर्ने सेवा प्रवाह हुने गरेको बैंकहरुले जनाएका छन् ।
त्यसैरी एटिएम सेवा पनि सुचारु छ । बरु फरक बैंकको एटिएमवाट सेवा लिदा लाग्ने अतिरिक्त शुल्क अहिले लाग्दैन ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार दिनमा दुई घण्टा बैंकहरुले सेवा दिईरहेको गण्डकी विकास बैंक घोराहीका शाखा प्रवन्धक विवेक आचार्यले बताए । नेपाल राष्ट्र बैंकको सर्कुलर र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आफुहरुले बैंकमा आउने सेवाग्राहीलाई सेवा दिइरहेको उनले बताए ।

‘नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार हामीहरुले दैनिक ११ बजेदेखि १ बजेसम्म सेवा दिईरहेका छौं’,उनले भने, ‘कसैलाई पैसा आवश्यक परे, प्रहरीको सहयोगमा बंैकसम्म आउन सक्नुहन्छ ।’ बंैकमा आउने सेवाग्राहीलाई नियमित सेवा दिइरहेको उनले बताए । उनले सेवाग्राहीलाई पैसा आवश्यक परेमा बंैकमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
‘हाम्रो वेवसाईटमा हाम्रो नम्वर रहेको छ’,शाखा प्रवन्धक आचार्यले भने,‘सेवाग्राहीले कन्ट्याक्ट गरे हामीले सेवा दिनेछौं ।’ उनले लकडाउनको अवधिमा पनि दैनिक २–४ जना सेवाग्राहीहरु आउने गरेको बताए । अत्याबश्यक परेमा तोकिएको दुई घण्टा बाहेक १० देखि ५ बजेसम्म पनि सेवा दिन सकिने जानकारी आचार्यले दिए ।

त्यस्तै घोराहीमा रहेको गरिमा विकास बैंकले पनि दैनिक दुई घण्टा सेवा प्रवाह गरिरहेको बताएको छ । गरिमा विकास बैंक घोराहीका प्रमुख प्रकाश देवकोटाले बैंकिङ सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकाले आफुहरुले लडडाउनको अवस्थामा समेत कष्टमरलाई कुनै समस्या नपरोस भनेर दैनिक १० देखि १२ बजेसम्मको अवधिमा सेवा प्रदान गरिरहेको बताए ।
‘लकडाउनको अवस्थामा पनि पैसा आवश्यक परेका मानिसहरु आउने गर्नुभएको छ’, शाखा प्रमुख देवकोटाले भने, ‘बंैकको कन्ट्याक्टमा आउने कष्टमरलाई सेवा दिईरहेका छौँ ।’ लकडाउनका करण अवस्था जटिल रहेपनि सेवाग्राहीले सम्पर्क गरे आफुहरु सेवा प्रदान गर्न तयार रहेको उनले बताए ।
तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको डरसँगै लकडाउनको कारण सेवाग्राहीहरु न्यून रुपमा सेव लिन आउने गरेको बताए । उनले पैसा आवश्यक परेका सेवाग्राहीलाई नजिकैके प्रहरीसँग समन्वय गरेर बंैकसम्म आउन आग्रह गरेका छन ।
त्यस्तै घोराहीमा रहेको ज्योति विकास बैंकले पनि बैंक सेवा लिन आउन सेवाग्राहीहरुको संख्या न्यून रहेको बताएको छ । बंैकका घोराही शाखा प्रमख सुदर्शन बिष्टले लकडाउनका कारण जनताहरु घरबाहिर निष्कन समेत नपाइरहेकाले बंैकमा सेवा लिन आउने संख्या २–३ जना रहेको बताए ।
‘हामीले घोराहीमा प्रत्यक हप्ताको आइतवार र बुधवार दुई घण्टा सेवा दिने गरेका छौँ’,शाखा प्रमख बिष्टले भने, ‘त्यही अन्य शाखाबाट समेत फरक–फरक बारमा सेवा दिइरहेका छौँ ।’ उनले घोराही शाखा मात्र नभएर ज्योति विकास बंैकले गढवा, मौरिघाट, तुलसीपुर र सल्यानको कपुरकोटमा रहेको शाखावाट समेत हप्तामा दुई दिन सेवा दिने गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय दाङले भने भीडभाड नहुने गरि सेवा प्रदान गर्न बैंकहरुलाई आग्रह गरेको छ । बैंकिङ सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकाले बैंकलाई बन्द नगरेको जनाएको छ । तर बैंकिङ सेवा प्रदान गर्दा भीडभाड नगर्न समेत आग्रह गरेको छ ।