तुलसीपुर, १० माघ । राप्ती आँखा अस्पताल तुलसीपुर –४ रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ ।
नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू गरेको हो ।
अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी –१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो ।
आँखाको नानीमा फुलो परेको र औषधीले हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएकोहो ।
नेपाल आँखा बैंकले उपलव्ध गराएको उक्त नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको थियो ।
राप्ती आँखा अस्पतालमा आँखाको नानीमा घाउ भयर फुट्नै लागेको अवस्थामा पुगेकी कुमालको आँखाको फुट्ने र अाँखाको पुरै भागनै सुक्नबाट बचाउनका लागि राप्ती आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट (नानी रोग) बिशेषज्ञ डा ज्योती साप्कोटाले नानीको सफल प्रत्यारोपण गरेकी हुन ।
एक महिना पहिले कुमालको आँखामा मकैको गेडाले नानीमा चोट लागेर उनी विरामी परेकी थिइन् ।
पहिले स्थानीय मेडिकल बाट औषधी लिएको र पछि विस्तारै आँखा देख्न छोडेपछि आँखा अस्पतालमा आफु उपचारक लागि आएको उनले बताइन् । आँखा दान महादान भने जस्तै नानी पनि सवैले दान गर्नु सक्नु हुन्छ यो महत्वपूर्णहो उनले भनिन् । उनले अव नानी फेर्नका लागि काठमाण्डौमै जानुपर्ने वाध्यता नहुने बताइन् । ‘हामीले दिन सक्ने आँखाको नानी सम्वन्धी सेवाहरु यहिबाट दिने छौं –डा सापकोटाले भनिन् ।
अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरि अस्पतालमा विशिष्टकृत सेवा अन्तर्गत विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा रेटिना(आँखाको पर्दा) कोर्निया (आँखाको नानी) , र (अकुलोप्लाष्टिक) ( आँखाको क्यान्सर) सम्वन्धी उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन समेत भएको छ ।
त्यस्तै अस्पतालले विशिष्टकृत डाक्टरद्धार (आँखाको पर्दा) सम्वन्धी सेवाहरु आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दुरबीनद्धारा चेक जाँच , आँखाको पर्दाको (मधुमेह) र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पुरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचारहरु आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्धारा उपचारहरु, विभिन्न रोगहरुबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरुमा सुई मार्फत आँखा भित्रै औषधि दिने सेवा सुरू गरेकाे आँखाको पर्दा सम्वन्धि विशेषज्ञ डा सन्ताेष सुवेदीले जानकारी दिए ।
त्यस्तै हस्पतालमा (अकुलोप्लाष्टिक) तथा ( आँखाको क्यान्सर) सम्वन्धि सेवाहरु आँसु नलि सम्वन्धीत समस्याहरुको उपचार तथा शल्यक्रिया आसुको नली समम्वन्धी उपचार तथा शल्यक्रिया आसुको थैली निकाल्ने शल्यक्रिया ,काटीएको आसु नलीको शल्यक्रिया, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया बन्द आसु नलीको प्याल खुला गर्ने शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रियाहरु, आँखाको शौर्दताको लागि गरिने उपचार तथा शल्यक्रिया बुढेस कालमा देखिने अनुहारको चौरीपनाको उपचार , आँखाको ढकनीको शौदर्यताका लागि गरिने शल्यक्रिया कृतिम आँखा राख्ने तथा आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिदै आएको अकुलोप्लाष्टिक विशेषज्ञ डाक्टर शुरेस रसाइलीले जानकारी दिए।