दाङमा गुरुकुल एकेडेमीलाई आइएसओ अवार्ड

दाङ,११ माघ । जीवन व्यवहारमा आधारित शिक्षामा जोड दिदै आएको दाङको गुरुकुल एकेडेमीले आइएसो (अन्तर्राष्ट्रिय स्कुल अवार्ड) प्राप्त गरेको छ । शिक्षकण सिकाइका आधारमा उत्कृष्ट विद्यालयहरुलाई ब्रिट्रिष्ट काउन्सिलद्धारा प्रदान गरिने आइएसो अवार्ड यो वर्ष गुरुकुल एकेडेमीले प्राप्त गरेको हो ।

गुरुकुल एकेडेमीले यो वर्षसँगै दुई पटक उक्त अवार्ड प्राप्त गरेको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए । काउन्सिले विद्यालयमा ८ वटा शिक्षण सिकाइका गतिविधिमा आधारीत रहेर उत्कृष्ट भएका विद्यालयहरुलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

दाङबाट विभिन्न विद्यालयहरुले सहभागी जनाएको उक्त परियोजनामा गुरुकुल एकेडेमीले यो अवार्ड प्राप्त गर्न सफल भएको सहायक प्रधानाध्यापक गिरीले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा ब्रिट्रिष्ट काउन्सिलद्धारा प्रदान गरिने उक्त अवार्ड तीन वर्षसम्म मान्यता पाउँने छ ।

विद्यालयले यसअघि सन् २०१६–०१९ र अहिले २०२०–०२३ सम्म आइएसो मान्यता प्राप्त गरेको छ । विद्यालये उक्त अवार्ड प्राप्त गर्नु गौरवको विषय भएको आइएसए कोर्डिनेटर इन्द्र पोखरेलले बताए ।गुरुकुल सहित दाङका अन्य दुई विद्यालयले पनि यो अवार्ड प्राप्त गरेका छन् ।