‘कसरी बितिरहेको छ दैनिकी ?’, जवाफ यस्तो छ
कोरोना संक्रमणवाट जोगिनका लागि सबैलाई सरकारले घरमै बस्न र सामाजिक दूरी कायम गर्न भनेको छ । यसका लागि सिंगो देशलाई नै लक डाउन घोषणा गरिएको छ ।
लक डाउन घोषणा भएपछि नागरिकहरु घरमा के गरेर बसिरहेका छन् त ? यो सबैको स्वाभाविक चासो हुने नै भयो । तर, कसरी थाहा पाउने त ? हामिले एउटा प्रयास गरेका छौ । गोरक्षका सम्पादक विपुल पोख्रेलले आफ्नो फेसबुक म्यासेन्जरमा अनलाईनमा देखिएका ५० भन्दा बढी आफ्ना फेसबुक फ्रण्डलाई ‘कसरी बितिरहेको छ दैनिकी ?’ भनेर सोधे । उनले त्यसको प्रयोजन भने भनेनन् । जस्काकारण छोटो र अनौपचारिक भाषामा जवाफहरु आए । ती मध्य केही जवाफहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
कमला चन्द(सामाजिक परिचालक)
के गर्नु र ! घरमै बसेर दिन बितिरहेको छ मेरो त ।
भुपेन्द्र वली(सचिव नेपाल पत्रकार महासंघ)
के नै गर्ने हो र ! सुत्यो, उठ्यो, बस्यो, फेरि सुत्यो…
गीता पौडेल(राजनीतिक कार्यकर्ता)
के गर्नु र ! घरको काम ग¥यो, बचेको समय सुत्यो ।
गोमा महरा(अधिबक्ता)
पकायो खायो।फेसबुकमा कमेण्ट गर्यो। बाटोमा हिड्नेलाई गाली गर्यो। यसरी नै बित्याछ। हिजो एउटीको भात खानै हराउन थालेछ। ३ फिटको दुरी कायम राखेर ३०००र( भनेर दिए। सापटी माग्या हो। दिए ठिकै छ नदिए पनि ठिकै छ। यस्तोमा नदिउ भने महापाप लाग्छ कति भोकै नि होलान। निस्कन मिल्दैन। सरकारको चाला यस्तै हो।
द्रोण देवकोटा(राजनीतिक कार्यकर्ता)
बोर भैसक्यो । गेटमा भोटे ताल्चा लगाएर बसेको छु । पुरै लक डाउन छ मेरो त ।
विवेक आचार्य(बैंकर्स्)
मेरो त अफिस जानु पर्छ ।
सिताराम व्यवसायी(कर्मचारी)
पुरै दिन त घरमा ।
नरेन्द्र पुन(व्यवसायी)
बसाबस छ घरमा ।
यादवनाथ योगी(संगीतकार)
के गर्नु र ! बसाबस छ । तरकारी रोप्ने, मसुरो काट्ने । एक दुई घण्टा म्युजिक रियाज गर्ने, यस्तै चलिरहेको छ ।
ध्रुवराज न्यौपाने(कर्मचारी, पुर्व पत्रकार)
अफिसको औषधिको सामान लिन दाङ झरेको छु । अफिस बन्द हो । कर्मचारी घरमा अलर्ट भएर बस्ने भनेको छ । अलर्ट मै छु । रोल्पाको परिवर्तन गाँउ पालिका हो, कार्यालयको सम्पर्कमै छु ।
शान्ता योगी
घरमै बसेर दिन बितिरहेको छ । बच्चाहरुसंग खेल्दै बस्दै ।
सुरेश श्रेष्ठ(पत्रकार तथा जनप्रतिनिधी)
एक दुइ दिन त रमाइलो भयो । रुचिका खाने कुरा पनि सकियो । अब कहाँवाट ल्याउने ? यसै बसेरै दिन विताउन परिरहेको छ । जे जसो छ, त्यसैलाई सहेर दिन वितिरहेको छ ।
गणेशराज श्रेष्ठ(पुर्व शिक्षक तथा व्यवसायी)
बुढाबुढी बसेर पुराना फोटोहरु हेर्दै, पुराना कुराहरुको संझना गर्दै दिन कटाइ रहेका छौ । कहिलेसम्म होला यस्तो, यो पनि भोग्नु लेखेको रहेछ । भोग्नै प¥यो । सुरक्षित रहनु नै उत्तम उपाए भएकाले कतै बाहिर निस्केको छैन ।
आर.के.शीतल(प्रेस युनियन सचिव)
कोठामै बस्यो, छोरोसंग खेल्यो । सुत्यो, टिभी हे¥यो । यस्तै छ । कोठामा एक्लै भएको भए त तनाव हुँदो रहेछ ।
भगतसिंह भण्डारी(राजनीतिकर्मी)
यो कोरोनाले आफ्नै घरभित्र बन्दी भयका छौ सिन्की सुगासाग बरि पकाउदै खायर सुत्यो फेरि खायर उठ्यो यहि काम छ ।
सपना पाण्डे(अध्यक्ष लमही जेसिज)
जीवनमै यति बोर कहिल्यै भएको थिएन । घरमा बसेर कटिरहेको छ दिन ।
