युवराज शर्मा
कोभिड–१९ नामले प्रसिद्ध भएको कोरोना भाइरस नेपालमा तेस्रो पटक भित्रियो । देशभित्र भिœयाउनेहरु हवाइजहाज चढेर आएका व्यक्तिहरु थिए । नेपालको यो रोगलाई राम्रोसँग नियन्त्रण गर्ने विधि र प्रविधिहरु बनाएको छैन । चिनियाहरुले प्रयोगमा ल्याएका विधि र प्रविधिहरु पनि कोरोना बढ्यो भनेपछि प्रयोग गर्ने भन्छन् तर आफूहरुले नियमित पालन गर्दैनन् । जसमा मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, खानपिनमा ध्यान दिने जस्ता विधिहरु छन् ।
सरकारले गराउनुपर्ने क्वारेन्टाइन र आइसोलेशन स्वास्थ्य केन्द्रहरु हुन् । जहाँ अक्सिजनको आवश्यकता हुन्छ तर रोग बढेपछि यस्ता स्वास्थ्य केन्द्रमा ध्यान जान्छ अन्यथा जिम्मेवार निकायहरुको बेवास्ता बढ्छ । पश्चिमी विकसित मुलुकहरुमा लापरवाहीका कारण कोरोना भाइरस हट्न सकेन, बढेको बढ्यै छ । रोगका जाँच विधिहरु पुराना छन् । देशमा नयाँ जाँचका विधिहरु र प्रविधिहरुमा हाम्रा स्वास्थयकर्मीहरुलाई तालिम छैन ।
आयातीत भ्याक्सिनहरु पनि कोभिड–१९ का लागि बनेका इमिन्युटी पावर वृद्धिका लागि हो भन्छन्– स्वाथ्यकर्मीहरु । जसले रोगसँग लड्ने तागत दिन्छ पनि भन्छन् तर यो भ्याक्सिन लगाएपछि रोग निको हून्छ भन्नेहरु छैनन् । नेपालको राजनीतिक परिवेशले रोग फैलाउने तरिकाहरु अपनाउँदै आयो । नेताहरुले कोरोना लाग्यो भनेर उपचार खर्च दाबी गर्छन् तर दूरदराजमा भएका नागरिकले सिटामोल पाउन सक्दैनन् । यो हालत गणतन्त्रमा देखाएका छन् । नेताहरुको स्वार्थी काम र लालचीपन मात्र देखियो ।
नेपालमा अहिले संघीय प्देश र स्थानीय सरकारहरु छन् । यी तीनै तहका सरकारको कार्यशैली हेर्दा नागरकप्रति जवाफदेही, पारदर्शीता र कार्य क्षेत्रमा काम गर्ने दक्षता नभएका व्यक्तिहरुको बाहुल्यताले गर्दा दलहरु सिद्धान्तविहीन, नीति नियमहरुमा छाडापन र स्वार्थीपन बढेको छ । यसले विदेशी शक्तिको हालीमुहाली राज्यमा बढेको छ । सत्तामा भएका र प्रतिपक्षमा भएका खेलाडीहरुले कमिशनको खेलमा रमाउने समय भएको छ । यस्तो वातावरणमा कोरोना भाइरसले रुप बदलेर तेस्रो लहरमा ओमिक्रोन कोरोना भाइरस बन्यो ।
नेपालमा भित्रियो । कोभिड–१९ का लागि वैज्ञानिकहरुले अनुसन्धान गरेर रोगसँग लड्न सक्ने शक्तिवद्र्धक भ्याक्सिनलाई रोग एकै हो भनेर विभिन्न देशहरुबाट आयात गरिएका भ्याक्सिनहरु लगाउनुपर्ने भएको छ । नेपाली रोजगारका लागि विदेशिएका थिए । उनीहरुलाई मात्र होयन, सबेलाई खोप कार्ड सबै क्षेत्रहरुमा अनिवार्य भएको छ । यसले खोप कार्डका लागि भ्याक्सिन लगाउनुपर्ने वाध्यता बढायो ।
रोगको रोकथाम गर्ने आयुर्वेदिक विधि बन्नुपर्दथ्यो । सरकारले त्यसतर्फ ध्यान दिनु पर्दथ्यो । कविराज र वैद्यहरु चनाखो बन्नु पर्दथ्यो । देशका जडिबुटीको समुचित ज्ञान राज्यले गराउनु पर्दथ्यो । सरकारले देशको गौरव बढाउने पुरानो सिंहदरबार वैद्यखानालाई क्रियाशील बनाउनु पथ्र्यो तर गराउन सरकारले कम गर्नु पर्दथ्यो । भएन, गरिउन । गरियो कोरोना फैलाउने काम कार्यहरु मात्र ।
नेपालमा रोजगारको वातावरण भएन । सरकारले त्यसको व्यवस्था गरेन । सीमानाहरु भारतसँग खुला भएका कारण आउजाउमा कसैलाई रोकतोक छैन । भारतीय र नेपाली एकअर्का देशमा आउजाउ गर्न सामाजिक, आर्थिक, शैक्षिक, वैवाहिक, राजनीतिक, पर्यटकीय, धार्मिक, व्यावहारिक र व्यापारिक स्वतन्त्रता छ । यहाँको राजनीतिक व्यवस्थामा परिवर्तन गराइदिनेहरुमा पनि भारतीय नेताहरुको भूमिका ठूलो छ । नेपालमा प्रजातन्त्र भिœयाइदिने प्रधानमन्त्री पं. जवाहरलाल नेहरु, बहुदलीय लोकतन्त्र ल्याइदिने नेता चन्द्र शेखर, लोकतान्त्रिक गणतन्त्र भनेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइदिने नेता सीताराम मधुरी थिए ।
अहिले र पहिले कोरोना भिœयाउनेहरु भारतीय नागरिक र भारतमा रोजगार गर्न गएका नेपाली फर्केर आउँदा कोरोना भाइरस साथै लिएर आए र फैलाए । यसलाई रोक्ने विधि नेपाल र भारतका सीमा क्षेत्रमा छैन । जाच्ने विधिहरुमा ज्वरो जाँच्ने यन्त्र र रगत, स्वाब जाँच्ने प्रविधिहरु देखिन्छन् । त्यो पनि पोजेटिभ र नेगेटिभ मात्र भन्छन् । आज जाँच्दा पोजेटिभ र भोलि त्यसैलाई जाँच्दा नेगेटिभ । कस्तो प्रविधि हो ? संकस्टाधारण नागरिकले बुझ्न सकेनन् । कतै परीक्षणकर्ता पनि मेसिन बनेको हो कि वा मेसिनको आधारमा बोलेको हो भन्न सकिन्न ।
नेपालमा गाउँ र सहर बजारमा बसेका नागरिकलाई हेर्ने दृष्टिकोण सरकारमा भएका व्यक्तिहरुको फरक छ । गाउँलेलाई उपेक्षित भाषा बोल्ने गर्छन् भने सहरबजारवासीलाई आदरभाव देखाउँछन् । यस्तो वातावरण कर्मचारीतन्त्र र राजनीतितन्त्रमा पनि छ । सहरबजारको समाजमा सामाजिक व्यवहार छैन । उनीहरुमा स्वार्थी भावना बढेको हुन्छ । त्यसैले होला, सहरबजारका व्यक्तिहरुमा कोरोनाको प्रभाव धेरै हुन्छ । गाउँमा त्यस्तो पाइन्न । त्यसको मुख्य कारण प्रदूषण नै हो भन्छन्– विज्ञहरु ।
गाउँघरमा रुखविरुवाले भरिभराउ हुन्छन् । जहाँ अक्सिनज ग्यासको मात्रा धेरै हुन्छ र प्रदूषणरहित वातावरण हुन्छ । त्यस्तो स्थानसम्म कोरोना भाइरसका किटाणु वा जिवात्माहरु फैलन सक्दैनन् भन्ने भनाइ विज्ञहरुको छ । त्यसमा पनि ओमिक्रोन कोरोना भाइरस साधारण इनफुलञ्जा भाइरस भएकोले यसको प्रभाव क्षेत्र नै प्रदूषण क्षेत्र हो । जो सहरबजारमा बढी मात्रामा हुन्छ ।
नेपालीको गन्तव्य स्थान भारतीय भूमि हो । जहाँ सदियौँदेखि नेपालीले सेना, प्रहरी, चौकीदार, पाले, कुली, घरेलु काम गर्दै आएको इतिहास बनाएका छन् । आफ्ना पुस्ताहरुले काम पएको ठाउँ पनि भन्छन् । हाम्रा धेरैजसो नेता, कार्यकर्ता र मतदाताहरु भारतीय भूमिमा काम गरेर दाम कमाएका व्यक्तिहरु पनि छन् ।
अहिले कोरोनाका कारण नेपालमा आफ्नो घर फर्कंदा सीमानाकाहरुमा सुरक्षार्थ खटिएका प्रहरहिरुले पैसा मग्ने, नदिएमा थर्काउने र भन्सारका कर्मचारीहरले धोएर ल्याएको झोलामा भएको लुगालाई नेपालमा छिराउन पान्नस भन्दै धम्क्याउने र पैसा माग्ने रोग कोभिड–१९ भन्दा खतर्नाक भएको कथा र व्यथा भारतका गाउँमा फर्केका युवाहरुको भनाइ सुनिन्छ ।
पैसा पाएमा क्वारेन्टाइनको सुविधा पाइने भएपछि १४ रात बिताएको र रातभर मच्छेर लागेर कोरोना भाइरस आउँछ कि भन्ने डर भयो । एकान्तवासमा सास जाने जस्तो भयो । कसैलाई पनि कोरोनाले छोएन । कोरोना भाइरसका जिवाणुमा पनि दैवीय शक्ति हुँदोरहेछ । यसले धनी र मानी भएको व्यक्तिलाई हुँदोरहेछ भन्थे, भारतबाट रोजगार गुमाएर फर्केका नेपालीले ।
वि
देशमा पसिना बगाएर कमाएका नेपालीको रेमिट्यान्सले सत्ताधारीहरु मोटाएका छन् । कोरोनाले छोयो भनेर विदेशमा उपचार गर्न रमाएका छन् । नेपाली नागरिक कोरोना भाइरसले सताइरहेका छन् । परिवर्तनको भाषण गरेर एक नेताले अर्को दलको नेतालाई गालीगलौज गरेर आफूलाई सच्चा व्यक्ति भन्छन् तर नागरिकका अगाडि आफू कच्चा बनेको जाँच कोरोना भाइरसले गरेको छ । यसको प्रभावका कारण देशको अर्थ व्यवस्था कमजोर भयो ।
नागरिकको जीवन स्तरमाथि उठ्न सकेन । कोरोना लागेर मृत्यु वरण गरेका बाबुआमाविहीन छोराछोरीलाई राज्यले हेरेन । उनीहरु शिक्षा, स्वास्थ्यबाट पनि वञ्चित भएका छन् । सम्भ्रान्त परिवारहरुमा त्यस्तो असर नहोला तर विपन्न र गरिब परिवारमा ठूलो समस्या छ । जो भारतीय भूमिको कोरोनाबाट पीडित थिए भएकाहरु पनि थिए । आज पनि उनीहरुका लागि रोजगार भएन । छाक टार्न समस्यामा छन् । यदि कोरोना कहरका कारण लकडाउन सरकारबाट भयो भने मानिसहरु आत्महत्या गर्नेछन् ।
जनता प्रतिनिधिहरुमा जवाफदेही, पारदर्शीता र आफ्नो कार्य सम्पादनको क्षमता देखाउन सकेको अवस्था छैन । यस्तो वातावरणमा कोरोना भाइरस बढेको बढ्यै छ । अझ यस रोगले ओमिक्रोन भाइरस रुप लिएर तेस्रो पटक बढेको बढ्यै छ तर नागरिकमा चेतना भए पनि लापरवाही गर्ने बानी व्यवहारमा सुधार भएन । २०७४ साल देखि २०७८ सालसम्ममा पनि चेतना नहुनु नेपालीको छाडा प्रवृत्ति देखियो । स्वास्थ्य रक्षामा ध्यान नदिने कोरोना भाइरस बढेको बढ्यै देख्ने नेपालीको नियति नै बनेको छ ।