घोराही,२७ पुस । हिन्दु विद्यापीठ नेपाल घोराही दाङले मंगलवार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । विद्यालयका प्रबन्ध निर्देशक भोलानाथ योगीले पृथ्वी नारायण शाहाले नेपाल निर्माणमा अतुलनिय योगदान गरेको हुदा आजको दिनमा उहाको सम्मान गर्नु प्रत्येक नेपाली नागरीकको कर्तब्य रहेको बताएका थिए ।
विद्यालयका सहप्रधानाध्यापक मधुसुदन पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यापीठमा कार्यरत सम्पूर्ण शिक्षकशिक्षिकालगाएतले एक दिनको तलब बापतको रकम समर्पणको लागी भन्दै प्रदान गरेका छन । साथै विद्यार्थीहरुले समेत सक्दो रकम समर्पन पेटिकामा राखेका छन । मातृभमि सेबक संघद्धारा सञ्चालीत यस विद्यलयले प्रत्येक वर्ष आजको दिनलाइ समर्पण दिवसको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रममा शिक्षक तथा विद्यर्थीहरुले पृथ्वीनारायण शाहाको तस्विरमा माल्यार्पन गर्दे उहाँले गरेको योगदनाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक पिताम्वर रिजाल, खडग शर्मा, सागर दाहाल, भानुभक्त बस्नेत, रुपलाल गिरी, शोभा पोख्रेल, पुष्पा रावत, निमा वबसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।