जन्मदिनमा रक्तदान र फलफुल बितरण

शिवराज खनाल
दाङ,२० पुस । जन्मदिनको अवसरमा लमही निवासी सिग्नोर पाण्डेयले रक्तदान तथा फलफुल बितरण गरेकी छिन । आफ्नो १८ औ जन्मदिनको उपलक्ष्यमा लमहीस्थित रक्तसञ्चार केन्द्र दाङद्वारा संचालित लमही रक्तसञ्चार केन्द्रमा रक्तदान गरेकी हुन । त्यस्तै उनले लमही नगरपालिका–१ स्थित वृद्धश्रममा फलफुल बितरण गरेकी थिइन ।

रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पाण्डेयले जन्मदिनमा रक्तदान गरेको बताइन । रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको पाण्डेको भनाइ छ ।

लमही अस्पतालमा थालासेमियाका बिरामी र लमही डाइलासिसीका लागि दैनिक ६ युनिट रगत खपत हुने गरेको लमही रक्तसञ्चारकी प्राबिधिक मनिसा चन्दले जानकारी दिएकी छिन । । उनले रक्तदानका कार्यक्रमहरु मार्फत लमही रक्तसञ्चार केन्द्रमा रगतको संकलन गर्ने काम भैरहेको बताएकी थिइन ।