दाङ,१९ पुस । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको मेरील्याण्ड पव्लिक एकेडेमीले प्रथम बार्षिक उत्सबको अवसरमा विद्यार्थीलाई पुरस्कर बितरण गरेको छ ।
विद्यालयले प्रथम बार्षिक उत्सवका अबसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी विद्यालयले बार्षीक उत्सवका अवसरमा आयोजना गरेका विभिन्न कार्यक्रमका बिजेता विद्यार्थीहरुलाई पुरस्कर बितरण गरेको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष टेमन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले सस्कारसहितको गुणस्तरिय शिक्षासंगै बालबालिकाको प्रतिभालाई उजागर गर्ने गरि शिक्षा दिन आग्रह गरेका थिए ।
उनीहरुले परम्परागत शिक्षालाई परिवर्तन गर्दै व्यवहारिक र सस्कारसहितको शिक्षा बालबालिकाहरुलाई प्रदान गर्न जोड दिएका थिए । विद्यालय नयाँ भएपनि विद्यालयलाई बालमैत्री रुपमा सञ्चालन गर्दै गुणस्तरिय शिक्षा दिन आवश्यक रहेको बताए थिए । त्यसका लागि विद्यालयलाई सवैले सहयोग गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का वडा कार्यवाहक अध्यक्ष केशव गिरी, नेपाल पत्रकार महासघ दाङ शाखा सचिव आर.के. शितल, विद्यालय सञ्चालक समिति सदस्य नयनसिंह घर्तीमगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षकशिक्षिका तथा कर्मचारीहरुलाई सहभागी गराएर व्यालुनकपलगायतका खेलकुदका प्रतियोगितासँगै बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षिका कमला थापा क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका संगीता गिरीले गरेकी थिइन् । विद्यालयले बुधवार बार्षिक उत्सव कार्यक्रम मनाउन थालेको छ ।