उद्यमशीलताबाट आत्मनिर्भर

अमरराज आचार्य
दाङ, १८ पुस । आत्मनिर्भर बन्नका लागि उद्यमशीलतामा जोडिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्रको २७औँ वार्षिक साधारणसभामा बोल्ने सहभागीहरूले यस्तो बताएका हुन् ।

सहभागीहरूले ग्रामप्ण क्षेत्रका महिलाहरूलाई सशक्तिकरकण र आर्थिक विकासका लागि ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण योग्दान गरेको बताएका थिए । उनीहरूले शिक्षाको माध्यमबाट नागरिकलाई शिक्षित बनाउँदै समाज परिवर्तन गर्नमा सहयोग पु¥याउने काम गरिरहेको भन्दै आउँदा दिनमा पनि यस प्रकारका कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तले सामाजिक संघसंस्थाहरूले समाज परिवर्तनको भूमिका खेल्नुपर्ने बताए । ‘समाजको विकासका लागि समाजिक संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहन्छ’ उनले भने । ग्रामीण स्तरमा रहेका महिला तथा उनीहरूलाई सशक्तिकरण तथा आर्थिक विकासमा ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘ग्रामीण महिला उत्थान केन्द्रले समाजमा उत्प्रेरणा दिने काम गरेको छ’, उनले भने ।

केन्द्रका अध्यक्ष आशमानी चौधरीले स्वरोजगार बनाउने अभियानमा संस्था अगाडि बढेको बताइन् । ‘आत्मनिर्भर नहुँदासम्म सक्षम बन्न सकिँदैन’, उनले भनिन्, ‘त्यसका लागि लघुउद्यमलाई उत्प्रेरणा दिन काम गरिएको छ ।’ शिक्षित र आत्मनिर्भर भएमा समाज परिवर्तन गर्न सहज हुने उनले बताइन् । दाङमा संस्था स्थापना गरेर सुरु गरेको विभिन्न कामहरू अहिले ६ जिल्लामा पु¥याइसकिएको बताइन् । ‘संस्थाले धेरै उद्यमी तथा व्यवसायी बनाउन सफल भएको छ’, उनले भनिन् । केन्द्रका सल्लाहकार सौगतवीर चौधरीले समाजमा केही गरौँ भनेर संस्था स्थापना गरेर अगाडि बढेको बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले ग्रामीण महिला उत्पादन केन्द्रले समाज परिवर्तनमा सहयोगीको भूमिका खेलेको बताइन् । ‘समाज परिवर्तनमा संस्थाले धेरै सहयोग पु¥याएको छ’, उनले भनिन् । कार्यक्रममा हितबहादुर थापा, सुशीला गिरी, नेवबहादुर चौधरी, भीमकान्त चौधरी, सुशीला पुन, पार्वती बस्नेतलगायतले भनाइ राखेका थिए । सरीता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बसन्ता पुनले गरेकी थिइन् । त्यस अवसरमा अतिविपन्न परिवार तथा बुबाआमा नभएका १० जना बालबालिकालाई झोला तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो । उनीहरूलाई शिक्षामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको सहयोग गरिएको केन्द्रले जनाएको छ ।