देउखुरीको गढवा बजारमा सरसफाई

शिवराज खनाल
दाङ,१६ पुस । बिहान ८ बजे दाङको गढवा बजारमा सरसफार्इका लागि एउटा समुह निस्कियो । उक्त समुहले बजार क्षेत्रमा यत्रतत्र फालिएका पलास्टिक टिप्दै गरेको देखिन्थ्यो ।

‘म बदलिन्छु, अनि मेरो देश बदलिन्छ’ मेरो दाङ मेरो शान, सरसफाइ मेरो पहिचान भन्ने ब्यानरसहित देउखुरीका दुई युवा सरसफाई अभियानमा जुटेका छन । लमही नगरपालिका वडा नम्बर ५ लमहीका अंकित खनाल र रोशन भेटवालले सरसफाई अभियानको थालनी गरेको धेरै दिन भएको छैन । तर छोटो समयमै दाङ जिल्लाका सबै पालिकासम्म पुग्ने २ युवकको उद्देश्य भएको बताउछन ।

अभियान सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपभोक्ताहरुमा सचेतना जगाउने उदेश्य भएको उनीहरुको भनाई छ। सरसफाईमा सबैले ध्यान दिए मात्र अभियानले पूर्णता पाउने मैनादेबी फाउन्डेसन दाङ्गका इन्चार्ज अंकित खनालले बताए। दाङका सबै बजारमा हामीले यो अभियान थाल्ने योजना बनाएका छौं, म लमहीबासी भएका कारण लमहीबाटै शुरु गरे’–खनालले भने।

अंकित खनाल र रोशन भेटवाललाई देउखुरी गढवा गाउपालिका–६ का अध्यक्ष बालचन्द्र हमालले पनि साथ दिए । युवाहरुले गढवा बजारका फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना बनाएको आफुलाई जानकारी गराएकोले सो अभियानमा आफुले पनि साथ् दिएको अध्यक्ष हमालको भनाई छ। नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका सदस्य किरण पौडेलले सरसफाइ गर्नु राम्रो पक्ष भएको भन्दै यसलाई सबै मिलेर आफ्नो ठाउँ सुन्दर बनाउन लाग्नुपर्ने बताए ।

गढवा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लेख बहादुर थापाले फोहोरले मानव स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पार्ने भएकोले सरसफाइ अभियान चलाएर मानव स्वास्थ्यको हितमा काम गरिएको मैनादेबि फाउन्डेसनलगायत युवाहरुलार्इ धन्यवाद ज्ञापन गर्दै गढवा खानेपानी तथा सरसफार्इ समिति सरसफाइको क्षेत्रमा हातेमालो गर्न तयार रहेको बताए । उक्त अभियानमा ईलाका प्रहरी कार्यलय गढवा, गढवा तेक्वान्दो डोजाङका खेलाडीहरु, समाजसेवी गोबिन्दकुमार वलीलगाएतको उपस्थिति रहेको थियो।