तुलसीपुर, १६ पुस । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा दलिय सहमती र पार्टीको आधिकारीक उम्मेदवारका विरुद्ध उम्मेदारी दिने वागी उम्मेदवारहरुलाइ कारवाहीको माग गरिएको छ ।
निर्वाचनको पूर्व सन्ध्यामा दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभापति देबेन्द्र रिजाल र ३ (ख) का सभापति खिमबहादुर वली र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले संयुक्त बिज्ञप्ति मार्फत बागी उम्मेदवारलाई कारबाहीको माग गरेका छन् ।
नेपाली काँग्रेसको बिधान र अनुशासन भन्दा बाहिर गएर पार्टीको हित बिपरित कार्य गरेको भन्दै उनीहरुले अध्यक्षमा उम्मेवारी दिने काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि पवनराज बुढाथोकीसहित तीन जनालाई पार्टीको साधारण सदस्यता समेत खारेज गर्दै पार्टीको कुनैपनि पदमा समेत नरहने गरि कारबाहीको माग गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति समक्ष उनीहरुले त्यस्तो माग गर्दै बिज्ञप्ति प्रकाशित गरि त्यस्तो माग गरेका छन् ।
यो टिमबाट वडा क्षेत्रीय प्रतिनिधि तथा यातायात ब्यबसायी पवनराज बुढाथोकी अध्यक्ष, वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशिल सदस्य भोलाप्रशाद थापा कोषाध्यक्ष पदमा उम्मेदवार छन् । उनीहरुले पार्टिको निर्णय विपरीत खानेपानीमा उम्मेदवारी दिएको विज्ञप्तीमा जनाइएको छ ।