सेवा दिन थाल्यो बेलझुण्डी कोरोना अस्पतालले

दाड १३ चैत । दाङको बेलझुण्डीमा स्थापना गरिएको कोराना बिषेश अस्पतालले आज बिहीबारदेखि सेवा दिन थालेको छ । बिहीबार त्यहाँ दुइजनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुको कोरोनाको परिक्षण रिपोर्ट भने आएको छैन ।

एक सय बेडको कोरोना अस्पताल स्थापना गर्ने योजना अनुरुप शुरु भएको त्यहाँ हाल भने ३० वेड सञ्चालनमा रहेका छन् । प्रादेशिक अस्पताल, स्वास्थ्य बिज्ञान प्रतिष्ठान र अन्य ठाँउहरुवाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यबस्था गरी सञ्चालनमा ल्याउन थालिएको सो अस्पतालमा अन्य अस्पतालवाट रिफर भएर आउनेलाई आइसोलेसनमा राखिने छ ।

सो अस्पताल पूर्ण रुपमा सञ्चालनको तयारी भैरहेको छ । पुर्ण रुपमा सञ्चालन गर्दा त्यहाँ १५ जना चिकित्सक सहित झण्डै एक सयजना स्वास्थ्यकर्मीले सेवा गर्ने छन् ।

आवश्यक उपकरणहरुको व्यबस्था सहित शुरु भएको सो अस्पताल सञ्चालनमा आएपछि कोराना संक्रमीहरुको उपचारका लागि सहज हुने बिश्वास गरिएको छ ।