
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै दाङका केही स्थानमा स्थानीयले सडकहरुमा बार बनाउन थालेका छन् ।

लकडाउनको क्रममा पनि सवारीसाधनहरु चलाउने गरेको भन्दै देउखुरीको लमही नगरपालिका वडा नं.५ को लमहीको कान्छी रोडमा स्थानीयले बार बनाएका छन् । स्थानीयले बाँसको बार बनाएर सडक बन्द गरेका छन्।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं। ८ को दुन्द्रामा पनि स्थानीयले सडकमा बार बनाएका छन् ।

नारायणपुर-धर्ना सडक खण्डमा लकडाउनका क्रममा गाउँमा सवारीसाधनसँगै अपरिचित मानिसहरु आउने गरेको भन्दै त्यस्ता मानिसहरुलाई रोक्नका लागि स्थानीयले सडकमा बार नै बनाएर रोक्ने गरेका छन ।
तस्वीर :
युवराज पौडल, लमही
केवलसिंह क्षेत्री, दुन्द्रा