लक डाउनलाई कर्फ्यू बुझेपछि पनि समस्या

विपुल पोख्रेल

दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल यतिखेर कोराना संक्रमणवाट जिल्लालाई जोगाउने काममा व्यस्त छन् । आजभोली उनको व्यस्तता यसै विषयहरुसंग जोडिएका सन्दर्भहरुमा नै छ ।

बिहीबार बेलुका कुरा हुँदा उनी एउटा मिटिङमा थिए । त्यसैले एसएमएसमा कुरा गर्नुप¥यो ।

बेलुका फोन सम्पर्क गर्दा थकित स्वरमा उनी भन्दै थिए, ‘भर्खर बेलझुण्डीमा बनेको बिशेष अस्पतालवाट आए, हामी हुँदै २ जना आइसोलेसनमा आएका थिए ।’

के छ त जिल्लाको अबस्था अहिले ? स्वाभाविक सवाल थियो मेरो ।

‘विदेशवाट आएकी एक महिला सम्पर्कमा आउनु भयो । भारतवाट थुप्रो आएका छन् । गाँउघर तिर हिडिराखेको भन्ने सूचना छ । यत्रो प्रचार भैरहेको छ, घर भित्रै बस्नु नी !’

उनको यो जवाफवाट थाहा हुन्छ, उनी गाँउघर तिरको खबरसंग त्यति सन्तुष्ट छैनन् । हुन पनि गाँउघरमा बेलुकी पख मानिसहरु हिडडुल गर्ने, खसी काटेर खाने, भारतवाट कमाएर आएकाहरुसंग गफ चुटेर बस्ने गरेको खबरहरु आइरहेका छन् । जो, लक डाउनको चाहना भन्दा नितान्त भिन्न व्यवहार हो ।

कोरोनाको संक्रमणवाट जोगिनका लागि व्यक्ति व्यक्तिवीचको दूरी कायम गर्न आबश्यक हुन्छ । नयाँ मान्छेसंग भेट नगर्नु नै उत्तम उपाय हो भन्ने गरिन्छ । यसैकारण व्यक्ति व्यक्ति भेट गर्ने अबस्था नहोस् भनेर नेपाललगायत बिश्वका कैयौं देशहरुमा लक डाउन घोषणा गरिएको हो ।

नेपाल लक डाउन भएको भोलीपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै पुरै भारत लक डाउनको घोषणा गरे । यद्देपी त्यसपुर्व नै भारतका कतिपय प्रान्तहरुले लक डाउनको घोषणा गरेका थिए भने मोदीले नै ‘जनता कर्फ्यू’ भनेर मानिसलाई बाहिर ननिस्कन अपिल गरेका थिए ।

त्यतिले मात्र नपुगेर भारत सरकारले नै पुरै देशलाई लक डाउनको घोषणा ग¥यो ।
मोदीले लकडाउनको घोषणालाई परिभाषित गर्ने क्रममा दोहो¥याई दोहो¥याई भने, ‘यो भनेको कर्फ्यू नै हो ।’

हुन त कोरोना संक्रमण कसरी हुन्छ भन्ने बारेमा सबै मिडियाले प्रशस्त सन्देश दिइरहेका छन् । तर, त्यस अनुसारको व्यवहार नागरिकवाट प्रदर्शन भैरहेको छैन । आफ्ना लागि भन्दा पनि अरुका लागि कर कापले घरमा बसीदिनु परेको झै व्यबहार पनि कतैकतै प्रदर्शन भैरहेको छ ।

कोही पनि बाहिर ननिस्कुन र सामाजिक दूरी बनाएर बसुन् भन्ने उद्देश्यले लक डाउनलाई कर्फ्यूका रुपमै परिभाषित गरियो नेपाल भारत दुबै तिर । यो बुझाईले सजिलो हुने अपेक्षा अधिकारीहरुको थियो ।

तर, त्यसले झनै समस्या पारेको अनुभव उनीहरुको छ ।

यही चिन्ता देखियो दाङका प्रजिअ रिजालमा पनि ।

‘कर्फ्यू झै बुझेर गाँउघर तिर केही हुँदैन, बेलुका खुली हाल्छ भन्ने मानसिकता देखिन थाल्यो ।’ उनले आफ्नो भोगाई सुनाए ।

हुन त कोरोना संक्रमण कसरी हुन्छ भन्ने बारेमा सबै मिडियाले प्रशस्त सन्देश दिइरहेका छन् । तर, त्यस अनुसारको व्यवहार नागरिकवाट प्रदर्शन भैरहेको छैन । आफ्ना लागि भन्दा पनि अरुका लागि कर कापले घरमा बसीदिनु परेको झै व्यबहार पनि कतैकतै प्रदर्शन भैरहेको छ ।

बाहिरवाट गाँउमा आएका मानिसहरुसंग भेटघाट नगर्न नागरिकहरुलाई र बाहीरवाट आएकाहरुलाई आफ्नै घरमा बस्न प्रजिअ रिजालले हरेक माध्यमको उपयोग गर्दै अपिल गरिरहेका छन् ।

‘घरमा बसिदिनुस्, आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान दिनुस्, सामान्य रुघा खोकीसंग नडराउनुस्, ज्वरो धेरै आयो भने वा अरु लक्षण देखियो भने जाँच गराउनुस् भन्ने सन्देश पठाइरहेको छु’ मसंगको कुराकानीमा पनि उनले भने ।

जनप्रतिनिधिहरु, राजनीतिक दलहरुलाई पनि गाँउगाँउमा त्यस्तो सन्देश पुराउन छलफल भएको जानकारी पनि उनले दिए । कफर््यूमा अभ्यस्त झै भएका नेपालीहरुलाई लक डाउन कफर््यू जस्तै हो भनेर बुझाउदाखेरी त्यसको कार्यान्वयनमा समस्या झेल्नु परेको भाव रिजालका अभिव्यक्तिहरुमा झल्कन्थ्यो ।

एकतातर्फ यो अबस्थाले उनी बेचैन छन् भने अर्को तर्फ, जिल्लाका एम्बुलेन्सहरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिए)को व्यवबस्था नभएसम्म एम्बुलेन्स नचलाउने भनी निवेदन दिएपछि उनलाई त्यसको व्यबस्थापन गर्ने अर्को दायित्व थपिएको छ । ‘अस्पतालका र रेडक्रसका गरी एम्बुलेन्स त स्ट्याण्टबाई छन् नै । अरु एम्बुलेन्सहरुसंग पनि शुक्रबार छलफल गर्दै छु’ उनले भने ।
संवादको अन्त्यमा उनको आग्रह थियो, ‘सबैलाई घरमै बस्न, बाहिर ननिस्कन, सामान्य रुघाखोकीसंग नतर्सन र शंका लागे स्वास्थ्य केन्द्रमा जानका लागि सूचना प्रवाह गर्नुप¥यो ।’ अझै जोड थियो, ‘कोही पनि हिडहुल नगरुन् ।’

 

तस्विर : गोबिन्दप्रसाद रिजाल