दाङलाई कर्मथलो बनाएर राष्ट्रिय स्तरमै आधुनिक गीत तथा गजलका क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल स्रष्टा हुन्, प्रबल बिष्ट । करिब एक सय विभिन्न प्रकारका गीत तथा गजलहरू सिर्जना गरिसकेका विष्टका ‘अनुभूति’ एकल गजल संग्रह र ‘अनमोल’ गीत तथा गजल संग्रह प्रकाशित छन् । उनले विभिन्न स्रष्टाहरूको सहकार्यमा आधुनिक गीत, लोकदोहोरी गीतका एल्बमसँगै पुस्तकहरूमा समेत प्रकाशित छन् ।
दाजु शोभाराम विष्टको साहित्य लेखनबाट प्रभावित भएर बाल्यकालमा स्कूल अध्ययनकै क्रममा साहित्य लेखनमा सक्रिय भएका उनका थुप्रै फुटकर रचनाहरू समेत प्रकाशित छन् । दाजुसँगै उनले रेडियोमा सुन्ने गीत र कविताहरूबाट समेत प्रभावित भएर गीत र कविताहरू सिर्जना गर्न सिके । सिर्जना गरिएका गीतहरू विद्यालयमा हुने कार्यक्रम तथा गाउँको अमृत जनप्रिय युवा क्लवले आयोजना गरेका विभिन्न कार्यक्रममा सुनाउँथे । ती गीतहरूको आफै शब्द र लय समेत मिलाउने काम गर्थे । जसले उनलाई लेखनमा अघि बढ्न प्रेरणा मात्र दिएन लेखनमा सुधार ल्याउन समेत सहयोग ग¥यो ।
गीतहरू सिर्जना गरिरहेका उनलाई रेकर्ड गर्ने मनमा रहर थियो तर राजधानीबाट टाढाको जिल्ला दाङ त्यसमा पनि गाउँमा बसेर लेख्न थालेको मान्छेका लागि रेकर्ड गर्ने ठूलो कुरा थियो । न उनलाई काठमाडौंले चिनेर बोलाउँथ्यो, न काठमाडौं जाने आँट मनमा नै । जसले गर्दा गीत रेकर्ड गर्ने रहर भए पनि रेकर्ड हुन सकिरहेको थिएन । नेपालगञ्जमा गायक कमल विके निर्माेहीले रेकर्डिङ स्टुडियो खोलेपछि २०६२ सालमा पहिलो लोक आधुनिक गीत :
‘हे मैच्याङ, यही पहाडी भाकामा
गुराँस फुल्ने पाखामा
थाहै नपाई बस्यो दिल
गाजलु आखाँमा ..
‘यो गीत रेकर्ड गराएँ । यो गीत रेकर्ड गराउँदाको क्षण नै मेरो जीवनको पहिलो खुसीको क्षण हो’, उनले भने ‘जुन गीतले मेरो सानैदेखिको गीत रेकर्ड गर्ने सपना पूरा गराइदिएको थियो ।’ उक्त गीत गायक प्रेमविवश घर्ती र प्रभा श्रेष्ठले गाएका थिए भने संगीत विरु राना मगरले गरेका थिए ।
भनिन्छ सुख र दुःखको समिश्रण नै मानिसको जीवन हो । त्यस्तै उमेरले ३८ वर्षमा हिडिरहेका विष्टको जीवनमा अनेकौँ खुसी तथा दुःखका क्षणहरू छन् । त्यहीमध्येको अर्काे खुसीको क्षण हो, विद्यालय अध्ययन गर्दा । २०५४ सालतिर हुनुपर्छ, उनी कक्षा ७ मा अध्ययन गर्दै थिए । विद्यालयमा एउटा साहित्यिक संस्थामा कविता वाचन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जिल्लाका नाम चलेकै साहित्यकारहरूको उपस्थिति थियो ।
प्रतियोगितामा धेरैको सहभागिता थियो । त्यस प्रतियोगितामा उनलाई पढाउने शिक्षकको समेत सहभागिता थियो । उनी पनि प्रतियोगितामा सहभागी भए । प्रतियोगितामा कविता वाचन सुरु भयो । ठुलाले वाचन गर्दा ध्यान दिने र सुनिदिन्थे तर आपूmजस्ता सानाको खासै वास्ता हुँदैनथियो । जसले गर्दा उक्त प्रतियोगिता दुई पटक कविता वाचन गर्नुपरेको थियो । त्यसको कारण थियो आपूmले लेखेको कविताको एउटा शब्दले जर्जको मन छोएछ । त्यसपछि पुनः कविता सुरुदेखि भन्न लगाउनुभयो । त्यो प्रतियोगितामा विष्टले ‘नेता बन्न चाहन्न थिए’ शीर्षकको कविता वाचन गरेका थिए ।
कविताको भाव थियो जनताबाट पदच्युत भएका नेता कस्तो हुन्छ भनेर । त्यो उनले जानेर लेखेको कविता पनि थिएन तर संयोग कस्तो भइदियो भने त्यही कविताले आपूmलाई पढाउने शिक्षकलाई समेत जितेर प्रतियोगितामा प्रथम बनाइदियो । त्यो क्षण पनि मेरो जीवनको अर्काे खुसीको क्षण भएको बताए । ‘प्रतियोगितामा कविता वाचन गरिसकेपछि निर्णायकले नाम लिन थाले । सान्त्वना स्थानबाट क्रमशः दोस्रो पुग्दा सरको नाम आयो’, उनले भने, ‘त्यसपछि प्रतियोगितामा केही आउँछु कि भनेर सोचेको पनि सकिएको थियो तर निर्णायकले प्रथम स्थानमा मेरो नाम वाचन गरे । त्यो क्षण मेरो खुशीको सीमा नै थिएन । जुन क्षण सम्झँदा अहिले पनि खुसी लाग्छ ।’
लामो समय गीत र कविता लेखनमा समय बिताएका विष्टले २०६० सालदेखि गजल लेखनलाई प्राथमिकता दिए । त्यही क्रममा अघि बढ्दै गर्दा उनले २०७१ सालमा आधुनिक गजल गीति एल्बम ‘अनुभूति’ ल्याए । जुन राप्ती अञ्चलकै पहिलो गजल गीति एल्बम समेत हो । एल्बममा ६ वटा गजलहरू संग्रहित छन् । उक्त एल्बम काठमाडौंमा विमोचन गराएका थिए । कार्यक्रममा चर्चित गजलकारहरूको सहभागिता थियो । कार्यक्रममा दाजु शोभाकर विष्ट पनि सहभागी थिए ।
कार्यक्रम सञ्चालकले दाजुलाई कार्यक्रममा बोल्न दिए । त्यो भन्दा पहिले मैले कार्यक्रममा गीतसंगीतमा आपूmलाई लाग्ने प्रेरणा आफ्नै दाजु भएको बताएको थिएँ । दाजुले घरमा बस्दा कापीमा लेखेका गीत र कविताहरू पढेर आपूm नै गीतसंगीतको क्षेत्रमा अघि बढेको बताए । त्यो कार्यक्रममा दाजु बोल्दै गर्दा मलाई बधाई दिँदै खुसीको आँसु खसाल्दै शुभकामना दिनुभएको थियो । ‘मलाई थाहा थिएन, मैले लेखेका गीत, कविताहरू पढेर भाइले गजल लेखेर एल्बम निकाल्ने अवस्थामा आइपुगिसकेको रहेछ’, उनले भने, ‘यो भाइको मात्र खुसी होइन, मेरो पनि खुसी हो भन्दै शुभकामना दिनुभएको थियो ।
जुन क्षण मेरो जीवनको एउटा कहिल्यै नभुल्ने क्षण हो ।’ त्यसले उनलाई विद्यालय अध्ययनका क्रममा वास्ता नगर्ने शिक्षकले समेत एनटिभी प्लसले लिएको अन्तर्वार्तामा मैले विद्यालय र गाउँको नाम लिएपछि खुसी भएर गाउँ र विद्यालयको नाम बाहिर चिनाउन सफल भएकोमा बधाई दिँदाको क्षणलाई पनि खुसी रूपमा लिने गर्दछन् । बुबा बिनाराम विष्ट र आमा सरिता विष्टको कोखबाट २०४० साल फागुनमा दंगीशरण गाउँपालिका–४ मौली (साबिक बाघमरे–४ बिष्णुपुर) दाङमा जन्मिएका थिए ।
जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरबाट एसएलसीसम्म अध्ययन गरेका विष्टले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट बिए पास गरेका छन् । दुधरास निवासी निमा विष्टसँग वैवाहिक जीवनमा बाँधिएका उनका निर्मल विष्ट छोरा र कमला विष्ट र अनिता विष्ट गरी दुई छोरीहरू छन् ।
उनका संयुक्त आधुनिक गीति एल्बम ‘याद’ २०६३, ‘आस्थाका फूलहरू’ गजल संग्रह २०६७, ‘अनुभूति’ गजल एल्बम २०७०, ‘अनमोल’ गीत ÷गजल एल्बम–२०७७, ‘हातमा फूलको थाली छ’ लोक दोहोरी एल्बम २०७३, ‘दसैँ–तिहार विशेष’ गीति एल्बम २०७५ लगायत थुप्रै फुट्कर गीतहरू विभिन्न एल्बमहरूमा समावेश भएर बजारमा आएका छन् । उनको प्रकाशोन्मुख कृतिका रूपमा ‘याद–३’ संयुक्त आधुनिक गीति एल्बम रहेको छ ।
विष्टले ‘उत्कृष्ट एल्बमतर्फ चौथो राष्ट्रिय रापती म्यूजिक अवार्ड–२०७१, उत्कृष्ट गजलतर्फ नेशनल क्यापिटल अवार्ड–२०१८, उत्कृष्ट आधुनिक गीततर्फ राप्ती अन्तर्राष्ट्रिय (अस्ट्रेलिया–म्युजिक अवार्ड–२०१८, सर्वोउत्कृष्ट गजल एल्बमतर्फ उत्सर्ग संगीत अवार्ड–२०७८, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा रेमन्त भरतमणि अद्वैतानन्द सर्जक पुरस्कार–२०७३, प्रदेशी साहित्य समाज भारतद्वार सम्मानपत्र–२०१७, रापती साहित्यपरिषद केन्द्रद्वारा पण्डित कपीलमुनि भक्तकुमारी शिवाकोटी स्रष्टा सम्मान पुरस्कार–२०७५, लेखक संघ दाङद्वारा नारायण सल्यानी स्मृति साहित्य पुरस्कार–२०७६, गीतकार संघ नेपालबाट–२०७१ र २०७८ मा उत्कृष्ट १० गीतकारमा पर्न सफल भएका थिए ।
गजल अभियान दाङका अध्यक्ष समेत रहेका विष्ट राप्ती साहित्य परिषद् दाङ शाखाका सहसचिव, लेखक संघ दाङ साधारण सदस्य, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका आजीवन सदस्य, नेपाल तरुण दल दाङका जिल्ला सदस्य, रोयल्टी समाज नेपाल काठमाडौं र गीतकार संघ नेपालको सदस्यलगायका विभिन्न संघसंस्थाहरूमा आबद्ध रहेका छन् ।
प्रस्तुती : लिलाधर वली