दाङ,१२ पुस । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा पुनः प्रेमबहादुर राम्जा चयन भएका छन् । संघको सोमवार घोराहीमा भएको ८ औँ जिल्ला अधिबेशनले राम्जाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा दिप्तिशिखा चौधरी, सचिबमा बिमला घर्ती, सहसचिबमा अमिता चौधरी र कोषाध्यक्षमा दिपक घर्तीमगर चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा टोपेन्द्र रोका, रोम थापा, सुशीला घर्तीमगर, रामप्रसाद चौधरी, सरिता चौधरी, डिला चौधरी रहेका छन् । फोनिजको सस्थागत सदस्यमा थारु पत्रकार संघ र मगर पत्रकार संघलाई चयन गरिएको छ ।
अधिवेशनले केन्द्रिय महाधिबेशन प्रतिनिधिमा सविन प्रियासन, छबिलाल कोपिला, लक्ष्मीमान चौधरी, जे.एन. सागर, रिता लामा, रोशनमान श्रेष्ठ र प्रकाश चौधरीलाई चयन गरिएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा राजकुमार चौधरी, निमुसंगम घर्ती, शिव घर्ती, जीतसागर जिएम, सबिता चौधरी, नवीन चौधरी, इन्द्र चौधरी, शालिकराम चौधरी र जयन्ती चौधरीलाई चयन गरिएको छ ।
फोनिज दाङका अध्यक्षमा प्रेमबहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आदिवासी जनताजाति पत्रकारहरुले अन्य विषयवस्तुसँगै आदिवासी जनजातिका मुद्धालाई प्राथमिकतामा दिन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष तथा प्रेस युनियनका निवर्तमान अध्यक्ष सन्तोष सुवेदी, फोनिज दाङका पूर्व अध्यक्ष जेएन सागर, सल्लाहकार लक्ष्मीमान चौधरी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा,प्रेस चौतारी दाङका सहसचिव एकराज भण्डारी,जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउले,अक्षकोष स्थापनाकर्ता रामबहादुर घर्तिलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष शिव घर्तिको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव बिमला घर्तिमगरले गरेकी थिइन ।