दाङ,४ पुस । नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा दाङका लालमणि भण्डारी निर्बाचित भएका छन् । नेपाल जेसीजको पोखरामा भएको ४८ औ राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
लुम्विनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले अत्यधिक मत ल्याएर सन २०२२ को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षमा विकास मानन्धर,श्यामसुन्दर पौडेल, गोकुल सापकोटा र शिवप्रसाद भुसाललाई पराजित गरेका हुन । गतबर्ष भएको निर्वाचनमा भण्डारी अध्यक्षमा पराजित भएका थिए ।
भण्डारी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०, राष्ट्रिय उपाध्यक्ष २०१९ , त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन् । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्वाचित भएका छन् । भण्डारी निर्बाचित हुनु भएको हो । त्यस्तै रास्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्बाचित हुनु भएको छ ।