न्यूनतम मापदण्डमा लमही अस्पताल कमजोर
लीला शाह
लमही, ९ कार्तिक । न्युनतम मापदण्ड मुल्याङकनमा दाङ लमही अस्पतालल पाँच नम्बर प्रदेशका सबै अस्पताल भन्दा कमजोड देखिएको छ । सघिय स्वास्थय तथा जनसख्या मन्त्रालयको निर्देशत सुचाङक अनुसार १४ अस्पताल मध्ये लमही अस्पताल न्युनतम मापदण्ड मुल्याङकनमा सबै भन्दा पछाडी रहेको श्रोत ब्यक्ति विकास बन्जाडेले जानकारी दिएका ।
न्युनतम मापदण्ड मुल्याङकनका लागी अस्पतालमा ओपिडि सेवा, मेकिल रेकर्डर सेवा,सस्थागत ब्यबस्थापन, मानब संसाधन, आर्थिक ब्यबस्थापन, गुणस्तरिय ब्यबस्थापन, ओपिडि ब्यबस्थापन, गर्भबति तथा सुतकेरी सेवा, माईनर अप्रेशन सेवा, पोष्टमार्डम सेवा, भिडियो, एक्सरे डिजिटल एक्सरे, चिरफार ईमरजेन्सी सेवा, लगाएतका बिभिन्न सुचाङकलाई आधार मानेर मापन गरिएकोमा ,अस्पतालले उल्लेखित कुनै पनि मापदण्ड पुरा गर्न नसकेको मल्याङकनले देखाएको श्रोत ब्यक्ति डाक्टर बन्जाडेले बताए ।
प्राईमेरी लेबलको अस्पतालमा न्युनतम ७ सय ६१ आउनु पर्नेमा २१६ स्कोर अर्थात पुरा गर्नु पर्ने न्युनतम मापदण्डको २८ प्रतिशतमात्र पुरा भएको देखिएको छ । यो स्थानिय सरकार अन्र्तगत सचालित अस्पतालहरु मध्य सबै
भन्दा कमजोर हो स्रोत ब्यक्ति डाक्टर बन्जाडेले बताए । प्रदेश अन्र्तगत ४ वटा अस्पताल स्थानिय सरकार मातहतबाट सचालित रहेका छन् । प्रदेश नम्बर ५ अन्र्तगत रहेका १४ अस्पताल मध्य १० अस्पताल र ४ अस्पताल स्थानिय सरकारबाट सचालित रहेको कार्यक्रममा जानकारी दिएको थियो ।
सो अबसरमा निक एडभानसका सयोजक डाक्टर कमिस शाहले दुगृम क्षेत्रका अस्पतालले दिने आधारभुत स्वास्थ्य सेवा समेत लमही अस्पतालले दिन नसक्नु दुखद भएको भन्दै अप्रेशन थेयटर, आकस्मिक , प्रसुति सेवा एभिडियो एकसरे, डिजिटल एक्सरे जस्ता सेवाहरु बढिमा दुई महिनाभित्र सचालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले दुई महिनाभित्र अस्पतालले न्युनतम मापदण्ड मुल्याङकन पुरा गर्न नसके अस्पतालको रुपमा राख्नुको अर्थ नहुने उनको भनाइ रहेको छ । कार्यक्रमका अन्य बक्ताहरुले मुख्य राजमार्गसँग जोडिएको लमही अस्पतालले बिगतको तुलनामा स्तरिय सेवा दिनुको उल्टो सेवाको स्तर खस्कदै जानु आफैमा दुभाग्य भएको भन्दै अस्पताललाई अस्पताल जस्तो बनाउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले अस्पतालको न्युनतम मापदण्ड मुल्याङकनको नतिजाले आफुलाई लज्जित बनाएको भन्दै स्तरिय सेवा दिन अस्पताल मेडिकल सुपरिटेन्डेनटलाई निर्देशन दिए । अस्तपतालको सुधारका लागी योजना गत रुपमा प्रस्ताब पेश गर्न र कर्मचारीलाई बिशेष निगरानिका साथ सेवामा खटाउन लमही आधारभुत कुरा समेत नगर्दा अस्पतालको मुल्याङकन दिन प्रति दिन खस्कनु दुखद भएको प्रमुख के सिले को भनाई छ ।
उनले अस्पतालको लागी आबश्यक कुराहरुको कार्ययोजना बनाएर नगरपालिकामा पेश गर्न आग्रह गरे । आउदो दुई महिना भित्र लमही अस्पतालमा अप्रेशन सेवा शुरु गर्ने आश्वासन उनको रहेको छ । सो अबसरमा लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन, डाक्टर रमेश बस्नेतले अस्पतालले स्तरिय सेवा दिन नसक्नुको कारण बारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश नम्बर पाचका स्वास्थ्य नितियोजना तथा महाशाखा प्रमुख डाक्टर बिकास देबकोटाले अस्पतालले आधारभुत मापदण्ड पुरा गर्न आबश्यक कार्यहरु अगाडी बढाउन जरुरी रहेको बताए ।
त्यस्तै प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोद गिरीले प्रदेश अन्र्तगत रहेका अस्पतालहरु मध्ये लमही अस्पतालको मुल्याङकन सबै भन्दा कमजोड हुनु दुखद भएको भन्दै अस्पताल सुधारका लागी स्थानिय सरकार र अस्पताल बिचको सम्बन्ध मित्रबत हुन जरुरी रहेको बताए । सो अबसरमा लमही नगरपालिका–५का वडा अध्यक्ष बिमबहादुर केसी, रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी, घिमिरे , नागरिक समाज दाङका उप सयोजक निमबहादुर थापा, नेपाल पत्रकार महासघका उपाध्यक्ष लीला शाह, प्रदेश टुडेका पत्रकार प्रिया स्मृति गजमेरलगाएतले सुझाव दिएका थिए ।