कर्ममा विश्वास गर्ने जो निरन्तर सानैदेखि आफ्नो पेशामा तत्लीन छन् । सानैदेखि ‘जिज्ञासु र आफ्नै देश र जन्म स्थानमा केही गर्नुपर्छ भनेर लागेका छन् । वि.सं २०४७ सालमा बुबा हरिप्रसाद रेग्मी र आमा नमिकुमरी रेग्मीको कोखबाट तुलसीपुर–७ मा जन्मिएका तुलसीपुर निवासी रमेश रेग्मी सधैँ खुसी हुने गरेको बताउँछन् ।
हरेक काममा आफूखुसी हुने गरेको उनको भनाई छ । ‘हरेक परिस्थितिअनुसार आफ्ना रणनीति र प्रयास सफल हुँदै गए जसले पलपलमा खुसी नै दियो’– रेग्मीले भने । मिजासिला लगनशील रेग्मीले प्रतिकूल परिस्थितिलाई पनि आफ्नो रणनीतिअनुसार व्यवस्थापन गर्नु नै यो प्रगतिको राज भएको सुनाए ।
वि.सं २०६४ सालमा जुरु जजुर माविबाट एसएलसी पास गरी आफ्नो क्यारियर सुरु गरेका रेग्मी अहिले एनएमबी बैंक तुलसीपुर शाखाको प्रमुखको रूपमा कार्यरत छन् । सानै उम्मेरमा बैंक प्रमुखको जिम्मेवारी पाएका रेग्मीले आफ्ना जीवनमा धेरै खुसी र अनुभव रहेको सुनाए । सुरुमा पत्रकारिता, रेडियो प्राविधिक, सहकारी र विभिन्न बैंकमा काम गरी छोटो समयमा धेरै अनुभव बटुलेका रेग्मीले आफ्नो पहिलो खुसी कक्षा ५ मा पढ्दा परम्परागत कुरीति विरूद्ध नाटक प्रदर्शन गर्दाका क्षणलाई सुनाए ।
आफ्नै लेखन तथा निर्देशनमा तयार पारेको नाटक देखाउँदाको क्षणलाई आफ्नो जीवनको पहिलो खसीको क्षण भएको सुनाए । ‘मैले रक्षाचौर स्कूलमा दाइजो प्रथा र लागूपदार्थ दुव्र्यसनीसम्बन्धी नाटक प्रदर्शन गरेका थियौँ, त्यो मलाई अहिले पनि ताजा छ, हामी त्यो बेला पहिलो भएका थियौँ’ उनले भने । त्यो नाटक लेखन र निर्देशन गर्दा हामीलाई सरहरूले धन्यवाद दिनुभएको थियो, त्यसले मलाई जीवनमा अघि बढ्ने हौसला दिएको थियो’ उनले भने ।
त्यही सचेतना परम्परागत कुरीति विरुद्धको नाटक मेरो पहिलो खुसी हो, त्यही लेखि दिनुहोला उनी भन्छन् । सानैदेखि कविता, गजल र नाटक लेखनमा रुचि राख्ने रेग्मीको कर्मको पाटो भने फेरियो । त्यसपछि रेग्मीले अर्को खुसी सामुदयिक विद्यालय गुरु जजुरबाट प्रथम स्थानबाट एसएलसी पास गर्दा लागेको सुनाए । स्कूल लेवलको शिक्षा त्यो पनि पहिलो स्थानमा पास गर्दा अव उच्च शिक्षा हासिलका लागि बाटो खुल्यो भनेर आफू खुसी भएको सुनाए । त्यस सँगसँगै प्लस–टुमा पनि प्रथम स्थानमा पास गर्दा अर्को खुसी मिलेको सुनाए ।
एमबिएसमा मास्टर्स गरेका रेग्मीले पढाइमा पनि सफलता मिल्दा धेरै खुसी भएको सुनाए । त्यस्तै वि.सं २०६८ सालमा तुलसीपुरमा सहकारीले सञ्चालन गरेको हाम्रो पहुँच रेडियोमा टेक्निसियनको रूपमा काम गर्न पाउँदा लागेको सुनाए । उनले रेडियो टेक्निसियन सिकेर आएको र आवाज हीन आवाजको रूपमा रहेको सञ्चार माध्यममा टेक्निसियन सिकेर वि.सं २०६८ सालमा काम गर्न पाउँदा निकै खुसी लागेको थियो । ‘मैले रेडियोमा पनि टेक्निसियन भएर काम गर्न पाउँदा मेरो अर्को खुसी प्राप्त भयो’ उनले भने ।
त्यस्तै रेडियोमा जागिर सुरु गर्दा र त्यसवाफत मासिक २८ सय तलव हातमा बुभ्mदा अर्को खुसी थपिएको थियो । ‘पहिलो पटक २८ सय तलव हातमा पर्दा खुसीको सीमा नै रहेन, यो मेरो जागिरको पहिलो तलव मैले बुझद निकै खुसी लागेको थियो । त्यस्तै टेक्निसियनपछि हाम्रो पहुँच सहकारी संस्थाको लेखा प्रमुखको रूपमा जिम्मेवारी पाउँदा अर्को खुसी मिलेको सुनाए । त्यससँगै सोही सहकारीमा प्रशासन प्रमुख हुँदा अर्को खुसी मिलेको थियो । ‘मैले त्यही संस्थामा विभिन्न जिम्मेवारी सम्हाले मलाई विश्वास र मेरो क्षमताको कदर गरी विभिन्न जिम्मेवारी पाउँदा निकै खुसी लाागेको थिया’, रेग्मीले भने ।
यस्तै कुमारी बैङ्कमा करिब ५ वर्ष र ग्लोबल आइएमइ बैङ्कमा २ वर्ष काम गरी अनुभव बटुलेकोमा पनि निकै खुसी लागेको सुनाए । त्यस सँगसँगै ७ वर्षको अनुभव पछि एनआइसी–एसिया बैङ्कमा शाखा प्रमुखको जिम्मेवारी पाइ जिम्मेवारी बहन गर्दा खुसी निकै खुुसी लागेको रेग्मीले बताए । उनले वित्तीय क्षेत्रमा छोटो अवधिमा यस्तो जिम्मेवारी पाउँदा आफू खुसी भएको सुनाए । ‘मेरा खुसीका पलहरू धेरै छन् त्यसमा पनि शाखा प्रमुख हुँदा झनै मेरो खुसीमा खुसी थपियो’, रेग्मी भन्छन् । उनले बैंकमा रहेर विभिन्न कार्यहरू गर्न पाउँदा तथा ग्राहकहरूलाई सेवा दिन पाउँदा खुसी लाग्ने गरेको सुनाए ।
‘मेरो क्षमता र मलाई विश्वास गरी जिम्मेवारी दिनुभएको छ, म यहाँसम्म आउनमा सबैको साथ र सहयोग छ, म त्यसमा पनि निकै खुसी छु’, रेग्मीले भने । उनले श्रीमती पनि वित्तीय क्षेत्रमा काम गर्ने र आफ्नो घरपरिवारले पनि आफ्नो प्रगतिमा सहयोग गरेकोमा पनि खुसी व्यक्त गरे । ‘मैले धेरै कमाउने र विदेशको सपना कहिले पनि देखिन यही स्वदेशमै केही कर्म गर्नुपर्छ भनेर म लागेको छु यसमा साथ सहयोग सबैको पाएकोमा म खुसी छु’, रेग्मीले भने ।
रेग्मीले सबैभन्दा खुसी चाहिँ हरेक परिस्थितिमा छोराको प्रगति र खुसीले बुबाआमा खुसी हुँदा सबैभन्दा धेरै र सधैँ खुसी लाग्ने गरेको सुनाए । त्यस्तै उनले लायन्स क्लव अफ तुलसीपुर इसानको सचिवको जिम्मेवारी पाउँदा अर्को खुसी लागेको सुनाए । जागिर सँगसँगै विभिन्न सेवामूलक सामाजिक संस्थामा लागेर साथीभाइसँग चिनजान र साथीभाइको सहयोग पाउँदा पनि खुसी लाग्ने गरेको रेग्मी बताउँछन् । त्यस्तै तुलसीपुर बैङ्कर्स एसोसिएशनको उपाध्यक्षमा पदमा जिम्मेवारी पाउँदा पनि अर्को खुसी मिलेको उनले सुनाए ।
त्यस्तै सामाजिक काम तथा विभिन्न व्यक्तिलाई सहयोग गर्नपाउँदा पनि आत्मसन्तुष्टि मिल्ने र खुसी हुने गरेको रेग्मी बताउँछन् । कोभिड–१९ को संक्रमण समयमा पनि विभिन्न सहयोग गरेको र सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए । तुलसीपुर–७ निवासी रमेश रेग्मी एनएमबी बैंक शाखा कार्यालय तुलसीपुरका प्रमुख, तुलसीपुर बैंकर्स एसोसिएसनको उपाध्यक्ष हुन् ।
प्रस्तुती : बालाराम खड्का