घोराहीमा लकडाउन उल्लघन गरेको भन्दै उठबस !

दाङ,१२ चैत । प्रहरीले घोराहीमा लकडाउन उल्लंघन गरेको भन्दै एक जनालाई कारवाही स्वरुप उठबस गराएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) को जोखिम कम गर्नका लागि सरकारले गरेको लकडाउनको दोश्रो दिन घोराहीमा लकडाउन उल्लंघन गरि हिडेको भन्दै उठबस गराएको हो । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गर्न थालेपछि बुधबार दाङका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङलगायतका बजारहरु सुनसान बनेका छन् ।

लकडाउनको पहिलो दिन उल्लंघन गर्ने सवारीसाधान नियन्त्रणमा लिएर प्रहरीले दोश्रो दिन प्रशासनको अनुमति विना सडकमा निस्किए सवारीसाधनसँगै पैदलयात्रीलाई समेत कानुन अनुुसार कारवार्ही गर्ने चेतावनी दिएपछि दोश्रो दिन कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । अत्याबश्यक बाहेक अन्य सवारी साधन तथा मानिसहरु हिडडुल गरेका छैनन् ।

लकडाउनको पहिलो दिनको तुलनामा दोश्रो दिन सुनसान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अत्यावश्यक कामका बाहेक विना काम बाहिर निस्किने मानिसहरुलाई प्रहरीले कारवार्ही समेत गर्न थालेको छ । प्रहरीले लकडाउनको दोश्रो दिन विना काम बाहिर निस्किएको भन्दै घोराही उपमहानरपालिका वडा नं. १५ को मिलनचोकमा एक जनालाई उठबस गराएको छ । तर प्रहरीले भने कडाई गरेपनि उठबस गराउने काम नगरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले दावी गरे ।