फेम्ली कटेजको निर्णय : तलब वृद्धीसंगै कर्मचारिलाई विदा

दाङ, चैत्र १२ । दाङको तुलसीपुर उप–महानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने र भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ ।
कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयको पालना गर्दै कजेट वन्द गरि कर्मचारीलाई छुट्टी दिएको जानकारी दिएकी छिन् । “यो अवस्था कर्मचारीले घरकै खानुपर्ने भएका कारण तलबमा वृद्धी गरेका हौं” विज्ञप्तीमा उल्लेख गरिएको छ । विदामा रहेका कर्मचारीलाई घरमा वस्दासम्म खानामा लाग्ने खर्च तलबमा वृद्धी गरेर दिने विज्ञीप्तीमा उल्लेख गरिएको छ ।
कर्मचारीलाई लक डाउन अवधीभर तलब बृद्धीका साथ विदा दिएसंगैं कटेजमा वार्षीक भाडमा वस्नेहरुलाई पनि सो अवधीभर भाडा नलिने कटेजका व्यवस्थापक देविराम कुसारीले जानकारी दिए छ । लकडान अवधीमा कर्मचारी घरमै बसी घरकै खानुपर्ने भएको र कोठा भाडामा वस्नेलाई पनि समस्या भएका कारण कटेजले यो निर्णय लिएको कुसारीले जानकारी दिए । सथै लक डाउन अवधिभर कटेज बन्द रहे पनि कोरोना सचेतना अभियान र स्वास्थ्य व्यवस्थापनमा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष सावधानीका साथ आपत्तकालिन खानाको व्यवस्था भने गर्न सकिने कटेजले जानएको छ ।