लमही, २२ मंसिर । लैङ्गिकमा आधारित हिंसा न्यूनिकरणका लागि सवै उत्तरदायि हुनुपर्ने सहभागीहरुले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत लमही आँखा अस्पतालले लमहीमा आयोजना गरेको कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन ।
एनएवीपी नर्वेको आर्थिक सहयोगमा ‘लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय’ बैठकका सहभागीहरुले अफैपनि हिंसामा परेकाहरु खुलेर आफ्ना समस्याहरु राख्न नसकेको भन्दै यसलाई न्यूनिकरण गर्न सचेतना आवश्यक रहेको बताए । विभिन्न सरोकारवालाहरु संगको बैठकमा बोल्दै प्रमुख अतिथी नेपाल नेत्रज्योति संघका सभापति कृष्ण कुमार गिरीले महिलाहरु बिभिन्न हिंसा, उत्पिडन, शोषण र पीडाबाट अझै पनि उन्मुक्ति हुन नसकेको बताए । उनले निती नियम बने पनि त्यसलाई यथार्थ रुपमा लागु गर्न नसक्नु दुःखको कुरा भएको बताए ।
हिंसा न्युनिकरणका लागि सचेतना आवश्यक रहेको भन्दै आम नागरिकहरुलाई निती र कानुनका बारेमा जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्युनिकरण हुने उनको भनाई थियो । अस्पतालमा पनि विभिन्न ंिहंसाका घटना बाट घाइतेहरु आउने भन्दै त्यसलाई न्युनिकरण गर्नका लागि सबैले हातेमालो गर्न आबश्यक भएको गिरीको भनाई थियो । उनले आँखामा चोटपटक लागेर अस्पतालमा आउने त्यस्ता घटनाहरुलाई सम्वन्धीत निकायमा न्यायका लागि पठाउन आफुहरुले सहजीकरण गर्ने बताए । ‘हाम्रो अभियान भनेको सकभर हिंसा नहोस र कोहि पनि हिंसाका कारण अन्धोपनमा जिवन विताउन नपरोस सहज न्यायर उपचार पाउस भन्नेहो –प्रमुख अतिथि गिरीले भने ।’
यसैगरी संघका सचिव सुरेन्द्र बहादुर खड्काले अस्पत्तालमा हिंसाका घटनाका पीडितहरु आउने र घटना बारे खुलेर बोल्न र आफ्ना समस्याहरु भन्न नसक्ने अवस्था रहेको बताए । हिंसा पीडीतहरुले आफुमाथि भएको हिंसालाई लुकाई रहँदा पटकपटक हिंसा खेप्न बाध्य भएको भन्दै त्यसको अत्य हुनुपर्ने खड्काको भनाई थियो ।
बैंठकमा अस्पतालका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पतालहरुले गरेका कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिदै नेपाल नेत्रज्योति संघले सुसासन बालबालीका र लैङ्गिक मैत्री निती ल्याएको र लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय बैठक आयोजना गरि त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने तर्फ लागेको बताए । उनले अस्पतालले पनि हिंसामा परेका व्यक्तिहरुको विवरण लिने गरेको भन्दै हिंसा रोक्न सवैले साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले आगामी दिनहरुमा लैंगिक हिंसालाई दातृ निकाय, नेपाल नेत्रज्योति संघको लक्ष्य र कार्यक्रम अनुसार महिंला हिंसा रोकथामको लागि आगामी दिनहरुमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मीहरुको सहयोगको अपेक्षा रहेको बैठकमा जानकारी गराएको थियो । कार्यक्रममा संघका सल्लाहकार उमाकान्त पन्थले लैङ्गिक हिंसा अन्त्यका सागी सवै लाग्नुपर्ने भन्दै सचेनता आवश्यक रहेको बताए ।
बैंठकमा महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी कोषाध्यक्ष चुमा आचार्यले करिव ६० प्रतिसत भन्दा बढी महिलाहरु हिंसा पीडित रहेको भन्दै महिला हिंसा न्यूनिकरणमा सवैको भुमिका आवश्यक रहेको बताइन् । नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशकी कोषाध्यक्ष लिला शाहले हिंसाको न्यूनिकरण र हिंसाबाटपीडितलाई सवै मिलेर न्यायमा पहुँच वृद्धि गराउन तर्फ सवै लाग्नुपर्ने सुझाव दिइन् ।
अधिकार कर्मी, सारदा चौधरी गिरीजा न्यौपाने, मेलमिलाप कर्ता ससिला शर्मा, बसन्ता खनालले विभिन्न हिंसामा महिलाहरु बढी पीडित भएको बताएका थिए । त्यस्तै प्रहरी सहायक निरीक्षक सिता जिसीले हिंसा गर्ने जोकोहिलाई पनि कानुनी कारवाहि हुने भन्दै हिंसामा परेका व्यक्तिहरु न्याय दिन आफुहरु लागेको बताइन् । बैठकमा सहभागि महिला सेल, बिभिन्न संघ संस्था मार्फत मानव अधिकारकारको क्षेत्रमा काम गर्दै आएका महिला मानव अकिारकर्मीहरुले हिंसा पीडीत महिलाहरुले श्रीमान, सासु लगायतका घरपरिवारले कुटपीट गरेपनि पीडीतले म आफैं लडेर घाउचोट लागेको भन्ने गरेको अनुभव सुनाएका थिए ।
लमही आँखा अस्पताल प्रशासनिक समिती संयोजक घनश्याम सुवेदीको अध्यक्षता, नेपाल नेत्रज्योती संघ दाङ शाखाका सभापति केन्द्रिय सदस्य तथा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा लमही क्षेत्रका महिला मानव अधिकार र लैंगिक हिंसा संबन्धित क्षेत्रमा कार्यगर्ने बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु र अस्पताल ब्यबस्थापन समितीका पदाधिकारीहरु बिच समन्वय बैठकमा लैंगिंक हिंसा रोकथाम तथा त्यसको उपचारका बारेमा छलफल भएको थियो ।
यसैगरी महिला हिंसा न्युनिकरण गर्नका लागि लमही आँखा अस्पतालका प्रशासकको संयोजकत्वमा महिला मानव अधिकार, लैङ्गिक हिंसा सम्बन्धि काम गर्ने संघ, संस्था र महिला प्रहरी सेल र सरोकारवालाहरु सदस्य रहने गरि लुज फोरम कमिटि गठन गर्ने निर्णय गरिएको छ ।