अत्याबश्यक सामग्री सहज र सुलभ बनाऔं : अध्यक्ष श्रेष्ठ

शिवराज खनाल

दाङ, १२ चैत ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले व्यापारीबर्गमा उपभोक्तालाई अत्यावश्यक सामाग्रीह सहज र सुलभ रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् । उनले कोरोनाको यो महामारी नियन्त्रणका लागि त्रसित नबनी सतर्कता अपनाउदै उपभोक्ताको आबश्यकतालाई पुरा गर्न आग्रह गरेका हुन् ।

‘सतर्कता अपनाऔ, आफू पनि बाचौ र अरुलाई पनि बचाऔ’ भन्दै अध्यक्ष श्रेष्ठले कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउए । ‘सबैले आ-आफनो ठाँउबाट सकेको सहयोग गर्न तथा घरभित्र सतर्कता पुर्बक रहन आम नगरबासीमा आग्रह गर्दछु’ उनले भने ।

टेलिफोनमा कुराकानी गर्दै उनले सरकारले सिङ्गो देशलाई नै लकडाउन गरेको अबस्थामा पनि केही मानिसहरु अटेर गरि आफूखुशी अनावश्यक रुपमा बाटोमा देख्दा आफू चिन्तित रहेको समेत बताए ।

‘आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै ‘उनले कोरोनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाउन समेत आग्रह गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना संक्रमणको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपालपनि उच्च जोखिमको सुचिमा रहेकाले कोरोनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कोरोनाको प्रभाव नियन्त्रण र जोखिमबाट वच्न विश्व भरिका मुलुक तथा नेपाल सरकारले समेत उच्च सतर्कता अपनाइ रहेको अवस्थामा आम जनसमुदाय, सरोकारवाला पक्ष तथा सम्पुर्णमा बिश्व श्वास्थ्य संगठन तथा नेपाल सरकारबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्न पनि अध्यक्ष श्रेष्ठको आग्रह छ ।