लक-डाउनले बदल्दै छ जीवनशैली

बालाराम खड्का
तुलसीपुर चैत्र १२
तुलसीपुर ४ का बालकृष्ण केसी बिहान ६ वजेदेखि साझ ७ वजे सम्म काममै व्यस्थ हुन्थे । उनको परिवारका सदस्यले उनलाई घरमा समय दिन नसकेको भन्दै गुनासो गर्दथे ।

तर हिजोदेखि भने उनको दैनिकी नै फेरिएको छ । उनले हिजो दिनभर परिवारसंग वसेर समय विताएको बताए । ‘यसरी सवै परिवार एकठाउमा भएको दशै पछि पहिलो पटक हो’उनि भन्छन् ।

उनि जस्तै रेशमबहादुर खड्काले पनि दिनभर घरमा बालबालिकाहरूसंग बसेर रमाईलो गरेको बताए । ‘काम धन्दा बन्दछन् पारिवारीक रमाईलोमा दिनचर्या वितेकोछ यो पनि एउटा नौलो अनुभव हुनेछ, कोरोना भाइरसको संक्रमणको कारण’ उनले भने ।

त्यसैगरी उनले घरमा नै वसेर तातोपानि वेसार खाने गरेको बताए । बाबु-बाजेका पालामा रोगसंग लड्न भन्दै खाने कुराहरु, काठेपातीहरु र जडिबुटीहरुको स्मरण गर्दै तिनको उपलब्धताको बारेमा घरमा चर्चा हुन थालेको पनि खड्काले बताए ।

त्यसैगरी तुलसीपुर ४ कि चन्द्रा खड्काले लक डाउनको समयमा सवै परिवार घरमा वसेर अमलाको अचार, लहरेगुर्जोलगायतका जडिबुटीहरू खाएर रोगसंग लड्ने शक्ति बढाउने तर्फ ध्यान दिन थालेको बताइन । ‘कोरोना भाइरसको संक्रमणवाट वच्न अनेक सतर्कता र उपायहरू अपनाएका छौ, सवै सचेत हुन आवश्यक छ’ उनि भन्छिन् ।

उनि जस्तै अर्की गृहिणी रमा वोहराले पनि यो अन्तरास्ट्रिय विपतलाई रोकथाम र यसवाट वच्न बचाउन सवै लाग्नु पर्ने बताउदै घरेलु जडिबुटी र अन्य सेफ्टी अपनाइएको वातइन् । ‘हुन त यसको औषधि यहि हो भने छैन, विभिन्न समाचार र भियियामा आएका कुराहरुका आधारमा सतर्कता अपनाएका छौ’ उनि भन्छिन् । उनले घरमा बसेर सतर्कता अपनाउन सवैलाई आग्रह पनि गरिन् ।

 

तस्विर  : तुलसीपुर स्थित वसपार्क । जहाँ लक डाउनको प्रभाव देखिन्छ ।