लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
तुलसीपुर, १९ मंसिर । लैङ्गिक हिंसाको न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न अभियानहरु सञ्चालन गरेका छन् । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्ग को आधामा कसै प्रति शारारिक, मानसिक वा यौनजन्य क्षति वा पीडा पु¥याउने कार्यहरूलाई जनाउने गरेपनि हिंसा भने दिन प्रतिदिन बढदै गएको भन्दै यसलाई न्यूनिकरण गर्न सोचमा परिवर्तन गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।
घर परिवार, लैङ्गितामा आधारीत, छरछिमेक, देखि विभिन्न क्षेत्रमा हुने हिंसाको अत्य भने हुन सकेको छैन् । तुलसीपुर उपमहानगरपालिका वडा नंं १२ को आयोजना तथा महिला पुनस्थापना केन्द्र (ओरेक) दाङको सहकार्यमा तुलसीपुरमा भएको कार्यक्रममा सभागीहरुले कुरा आधुनिक र सोच परम्परागत भएका कारण हिंसा न्यूनिकरण हुन नसकेको बताए । ‘ समाजमा विभिन्न लैङ्गिक हिंसाहरु हुने गरेका छन्, यसको अत्य स्यम व्यक्ति आफैबाट हुनुपर्छ –जनप्रतिनिधि मानबहादुर खत्रीले भने ।’ परिवर्तन आफै बाट सुरु गर्नु पर्छ अनिमात्र हिंसा न्यूनिकरण सम्भव छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा भित्रको संवेदनशिलता व्यवस्थापन र हिंसा प्रभावितहरुको पुनस्थापना सम्वन्धी मेलमिलाप कर्ताहरुलाई दुई दिने तालिम समापनमा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलले कुरा आधुनिक सोच परम्परागत भएका कारणले पनि समस्या भएको बताए । ‘विरालोले बाटो काटेपछि विचैबाट फरर्कने हाम्रो परम्परागत सोचाई छ, अनि कहाँबाट हुन्छ हिंसा न्यूनिकरण सोचलाई बदल्नु पर्छ उनले भने ।’
त्यसैगरि वडाका मेलमिलाप कर्ता, जनप्रतिनिधि, महिला टोलविकास संस्थाका अध्यक्षहरु समेलित तालिममा सहभागीहरुले पहिलो कुरा हिंसा हुन नदिने र हिंसा भएपनि पीडितले सहज र पीडित मैत्री वातावरण बाट न्याय पाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुर्यबहादुर डाँगी (श्याम)ले वडामा लैङ्गिक हिंसा न्यूनिकरण र हिंसामा परेका व्यक्तिहरुले सहज न्याय प्राप्तीका लागि यो कार्यक्रम राखेको बताए । ‘पहिलो कुरात हिंसानै नहोस भन्नेहो तर हिंसा भएपनि पीडितले सहज न्याय प्राप्तीका लागि सरोकारवालाहरुलाई हामीहरुले तालिम दिएका हौं – डाँगीले भने ।
उनले आफुहरु निर्वाचित भएदेखि हाल सम्म एउटा पनि हिंसा सम्वन्धी मुद्धाहरु न्यायीक समितिमा नपठाएको र वडामै मेलमिलाप गरेर पठाएको बताए । ‘सवै वडाहरुले १२ नम्वर वडाबाट सिको गर्नुपर्छ हामीहरुले लैङ्गिक मैत्री वडा बनाउने प्रयासमा छौं कुनै पनि फौजदारी वाहेकका घटना र मुद्धाहरु हामीहरुले उपमहानगरपालिकामा पठाएका छैनौँ उनले भने ।’ उनले आगामी दिनमा पनि यस्ता तालिम तथा सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्ने बताए । त्यस्तै वडा सचिव दिपा सुवेदीले परिवार भित्र पनि धेरै लैङ्गिक हिंसाहरु रहने भन्दै त्यसको अत्यकालागि सचेतना आवश्यक भएको बताइन् ।
कार्यक्रममा ओरेक दाङकी जिल्ला कार्यक्रम संयोजक इश्वरी थापाले पहिले पहिले हिंसामा परेका व्यक्तिहरु खुल्न नचाहाने भएपनि हाल खुलेर हिंसामा परेकाहरु न्यायका लागि सम्वन्धीत निकायमा आउने गरेको बताइन् । ‘हिंसा बढेको होइन खुलेर आफ्नो समस्या लिएर आउनेहरु बढेका हुन उनीहरुलाई सहज न्याय प्राप्तीका लागि हामी लागेका छौं उनले भनिन् । कार्यक्रममा सहभागीहरुले हिंसा पीडित महिलाहरु सहजरुपले आफ्ना समस्याहरु भन्न नचाहने अवस्था अझै पनि रहेको बताएका थिए ।
दुई दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर वुढा, महिला अधिकारकर्मी पदमा चौधरी, बालबालिका तथा महिला शाखा अधिकृत माया श्रेष्ठ, ओरेक दाङकी कार्यक्रम संयोजक इश्वरी थापा रहेका थिए । वडाध्यक्ष सुर्यबहादुर डाँगीको अध्यक्षता एव प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा मेलमिलाप कर्ता भिमबहादुर बस्नेत, पूर्णकुमारी थापा, प्रहरी सहायक निरीक्षक जोरासिं अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण ओरेक दाङकी अधिकृत विन्दु शर्माले गरेकी थिइन् ।