Goraksha

National Daily

राप्रपा नेता दामोदर भण्डारी पपुलर मतले केन्द्रीय सदस्य बिजयी

दाङ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राप्रपाका केन्द्रिय सदस्यका उम्मेदवार तथा तुलसीपुरका युवा नेता तथा व्यवसायी दामोदर भण्डारीले पपुलर मत ल्याएर राप्रपाको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

भण्डारीले कुल खसेका ३८८४ मत मध्ये १७८५ मत प्राप्त गरेर पांचौं स्थानमा विजयी भएको राप्रपाका युवा नेता यमकान्त भण्डारीले जानकारी दिएका छन् । भण्डारी राजेन्द्र लिंग्देनको प्यानलबाट केन्द्रिय सदस्यमा लडेका थिए ।

मिलनसार, मृदुभाषि एवं युवाहरुमाझ निकै लोकपृय नेता भण्डारी विद्यार्थी राजनीतिबाटै केन्द्रिय सदस्य सम्म पुगेका हुन् । अघिल्लो महाधिवेशनमा पनि उनी केन्द्रिय सदस्यमा निर्वाचित भैसकेका थिए । सवै नेताहरुका पृय मानीने नेता भण्डारी राप्रपा विद्यार्थीसंगठनबाटै खारिएका युवा नेता हुन् ।

उनी विद्यार्थी राजनीतिबाट युवक संगठनको केन्द्रिय उपाध्यक्ष, मुलुक संघियतामा प्रवेश गरीसकेपछि प्रदेशको उपाध्यक्ष र हालको केन्द्रिय सदस्य निर्वाचित भएका हुन् । उनले पछिल्लो समयमा राप्रपा कमजोर भएको अनुभुतिसहित गाउबस्ती सम्म पार्टीको संगठन विस्तारमा अहोरात्र खट्दै आएपछि आम राप्रपामाझ पपुलर बनेका थिए ।