गोरक्षकर्मीको अनुभव, ‘सोसल डिस्ट्यान्स’ बन्दै

 

आज लक डाउनको दोस्रो दिन । गोरक्षले आफ्नो प्रकाशन बन्द गरे पनि अनलाइनमा अपडेट हुने कोशिस गरिरहेको छ । गोरक्षकर्मीहरु घरमै सुरक्षित बसेर आफ्नो र वरपरको अबस्थाका बारेमा गोरक्षको म्यासेन्जर ग्रुपमा जानकारी गराइरहेका छौ । त्यही म्यासेन्जर ग्रुपमा संकलन भएको जानकारी यस प्रकार छ ।

लिलाधर वली(घोराही क्षेत्र)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९)को जोखिमलाई कम गर्नका लागि सरकारले गरेको लकडाउनको पहिलो दिन सुनसान नै थियो । केहि निजी सवारीसाधनका रूपमा मोटरसाइलसङ्गै मानिसहरु हिड्डुल गरेपनी समग्रमा बजार बन्द नै रह्यो । लक डाउनका प्राय मानिसहरु घरमै बसे । लकडाउनले पुरै ठप्प हुन्छ कि भन्ने सोचेपनि त्यो अनुसार भएन । दिनभर घरमै बसेपनी साझ अधिकास मानिसहरु सडकमा देखिए । यसले समयमा हुने बन्दको झल्को दिने काम समेत गरेको थियो । सरकारले पुरै देश लकडाउन गरेको अबस्थामा घरमै बस्नुपर्ने नागरिक सडकमा हिड्ने गरेको देख्दा कोरोनाको संक्रमणका सम्बन्धमा सबै सजग छैनन् झै लाग्यो । सरकारले अत्यावश्यक काम भन्दा अन्य कामका लागि बाहिर ननिस्क भन्दा बाहिर निस्कने नागरिकलाई राज्यले कार्वाही गर्न आवश्यक छ । कारवाही भएन भने संक्रमण फैलने खतरा रहने छ । खुलेका पसलमा मानिसहरु गफ गरिरहेका हुन्छन ।

किशोरचन्द्र गौतम(घोराही क्षेत्र)

लक डाउनको पहिलो दिनभरि घरमै फेसबुक म्यासेन्जरमा लक डाउन सम्बन्धी अन्तर्कृया र छलफलमा सहभागिता जनाइयो । 7 habits.of highly successful people…पुस्तक दोहोर्याएर पढ्दै । साँझमा नजिकै गोत्यारको मलामीमा सहभागी भइयो तर त्यहाँ पूर्ण सजगताका साथ आवश्यक दूरी कायम राखियो र अरुलाई पनि राख्न आग्रह गरियो।

इन्द्र डिसी (घोराही क्षेत्र)
मिति : २०७६।१२।१२
समय : विहान ७ बजे
स्थानः घोराही १५ भ्यालीटप टोल
अवस्थाः तरकारी र खाद्यका पसल खुलेका छन् । मान्छेहरु फाटफुट सडकमा ओहोरो दोहोरो गरिरहेका छन् । मर्निवाक गर्ने मानिस पनि छन् । सडकमा फाटफुट मोटरसाइकल चलेका छन् । घर र सडकका किनारमा समेत मानिस जम्मा भएर गफ लगाएर बसेका देखिन्छन् ।

शिबराज खनाल(लमही)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९)को जोखिमलाई कम गर्नका लागि सरकारले गरेको लकडाउनको पहिलो दिन लमही बजार सुनसान नै थियो । केहि निजी सवारीसाधनका रूपमा मोटरसाइकलसङ्गै मानिसहरु हिड्डुल गरेपनी समग्रमा बजार बन्द नै रह्यो । लक डाउनका प्राय मानिसहरु घरमै बसे । साझ पख भने मानिसहरु फाटफुट चौराहा तथा चोक तर्फ भेला भएको देखिन्थे । कोरोना कै गफ गर्दै गरेको भेटिन्थे । लकडाउनले पुरै ठप्प हुन्छ कि भन्ने सोचेपनि त्यो अनुसार भएन । सरकारले जनता लाई लकडाउनको अर्थ बुझाउन जरुरी देखिन्छ।
देउखुरीका सडकमा मानिस हिजो भन्दा आज कमै देखेएका छन ।

बालाराम खड्का (तुलसिपुर क्षेत्र)
लक डाउनको पिहलो दिन धेरै व्यक्ति हरू सडकमा देखिएका थिय ।आज भने तेस्तो देखिएको छैन । अत्यावश्यक वाहेक घरवाहिर धेरै मानिस छैनन । विहान तरकारी खाद्यान्न लगायत किनमेलका लागि मानिस घरवाहिर निकलेपनि अहिले बाहिर मानिसको आउजाउ कम छ । तर विभिन्न चोक, घरको पेटि र चौतारामा भने गफ लगायर मानिस वस्ने काम भने रोकिएको छैन ।

सुलोचना गौतम(घोराही १८)
दोस्रो दिन आज पनि पैदल यात्री हिडेकै छन । बाइक पनि फाटफुट हिडेका छन । आज बाट चैते दशै सुरू भएकोछ । त्यसैले अम्बिकेश्वरी मन्दिरमा भजन बजिरहेको पनि सुनिएको छ । मन्दीरमा पनि पहिले झै भिडभाड भने छैन । सबै सुरक्षित बस्नुस है ।

देवी भण्डारी(पुरन्धारा)
हापुरे बजार सुनसान छ । फाटफुट रुपमा मानिसको उपस्थिती देखिए पनि भिड गर्ने, एक ठाँउमा रुकेर गफ गर्ने केही छैन । लक डाउनको पुरै असर देखिन्छ यहाँ ।

हरीदेव वली (घोराही ८ ढिकपुर)
गाँउमा पनि मानिसहरु थोरै मात्र बाहिर देखिन्छन् । त्यो पनि खेत वारिमा देखिन्छन् । भिडभाड छैन । मास्क लगाएका छन् । पसल, होटेलहरु बन्द छन् । प्रहरीहरु गाँउमै गएर होटेल, पसलहरु बन्द गर्न लगाई रहेका छन् ।

विपुल पोख्रेल
लक डाउनका असर प्रशस्त देखिएको छ । फाटफुट मानिसहरु बाहिर देखिएता पनि ‘सोसल डिस्ट्यान्स’ बनाउदै गरेको देखिन्छ । एक संक्रमीवाट सैयौंलाई पनि सर्न सक्छ भन्ने कुराको बुझाईले गर्दा होला, हात मिलाउने, अंकमान गर्ने गरिएको देखिदैन । यतिसम्मकी ढोग-भेटमा समेत कमी भएको छ । मास्कको प्रयोग अत्यधिक छ ।

तस्विर : लमही बजार