भारतमा आज चैत्र ११ गते रातीदेखि २१ दिनसम्मका लागि लक डाउन घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । कोरोना प्रभावित देशहरु, जो यसको प्रभाववाट बाहिर आउदै छन्, उनीहरुको अनुभवको आधारमा यस्तो कदम उठाउनु परेको मोदीले बताएका छन् । उनले यो लक डाउनलाई थप अथ्र्याउदै भनेका छन्, ‘मान्नुस यो कर्फ्यु नै हो ।’
मोदिले बिश्व स्वास्थ्य संगठनको तथ्यांक उल्लेख गर्दै ‘एक जना संक्रमितले एक हप्तामा एक जनाले सैयौंमा संक्रमण सर्न सक्ने’ तर्फ ध्यानाकर्षंण गराए । ‘यो आगो सरी फैलिन्छ, त्यसैले यो २१ दिन सबै घर भित्रै बसौं’ उनले भनेका छन्। उनले यो कुरामा लापरबाही गरेमा २१ बर्ष पछाडि ढकलिने खतरा तर्फ पनि ध्यानाकर्षण गराएका छन् ।
मोदीले ‘जे सुकै भएता पनि बाहिर ननिस्कन’ सबैलाई आह्वान गरे । ‘जीवन भएमात्रै परिवार हुन्छ’ भन्ने भावनात्मक मन्तव्य दिदै उनले ;डाक्टर, नर्सका लागि प्रार्थना गर्नु पर्ने’ वताए ।
उनले यो क्षेणलाई ‘अनुसाशनमा बस्नु पर्ने क्षण’ भनी परिभाषित पनि गरेका छन् ।