घोराही बजारमा चल्ने सवारी साधनहरू

युवराज शर्मा

दाङ जिल्लाको सदरमुकाम हो, घोराही बजार । यो ठाउँमा सदरमुकाम सरिकोटबाट स्थानान्तरण गरेर ल्याएको हो । त्यो पनि राणा शासनकाल अन्त्यका समयमा ल्याएको हो । त्यस समयमा यहाँ भएका ऐलानी, गौचर जमिनमा खरका छानाहरु बनाएर कच्ची इट्टाका एकतले घरमा गोश्वारा, माल अड्डा, अमिनी र पुलिसचौकी बसेका थिए ।

बजार व्यवस्था थिएन । भारतबाट हिउँदमा व्यापार गर्न आएकाहरले बजार बसाएका हुन् । उनीहरुका वंश यद्यपि छन् । उनीहरु पनि व्यापार गर्छन् । त्यसबेला ठूला कपडा व्यापारी सुन्दर गुप्ता थिए । उनका छोरा गंगाराम गुप्ताले पनि राम्रै कपडा पसल गर्थे । अहिले उनको जग्गा जमिनहरु कहाँ–कहाँ छन् र वंशजहरुले के गर्छन् ? जनजीवनमा भिज्न सकेका छैनन् । सामानहरु ओसारपसार गर्ने एक मात्र साधन घोडा, राँगाहरु थिए । उनीहरुमध्ये सवारी साधनका रुपमा घोडा थिए । राँगाहरु ढुवानीमा मात्र प्रयोग हुन्थे ।

घोडाहरु ढुवानी र सवारी साधनमा प्रयोगमा ल्याउँथे । घोडाहरु बेच्न जुम्लाबाट जुम्लीहरुले ल्याउँथे । हिउँदभरि तुलसीपुरको कालाखोला र रझेनाको चमैखोला (फुर्सेखाली गिठेपानी जाने बाटोको किनार)मा बस्थे । घोडा किन्नेहरु यी ठाउँहरुमा आउँथे । अहिले ती ठाउँहरुमा कालाखोलामा एउटा हाई स्कूल छ भने चमैखोलामा बजार सहर भयो, कसले भन्छ ? यो ठाउँ घोडाहरु बेच्ने ठाउँ हो ? परिवर्तन नयाँ स्वरुपकोभयो ।

चमैखोला पनि साँघुरो भयो । त्यही ठाउँको नामलाई घोडाबजार भन्थे । दूरसञ्चार भएको ठाउँलाई आकासे खबर भन्थे । त्यहाँ आकाशवाणी थियो ।वडा प्रहरी कार्यालय भएको ठाउँ पुलिस चौकी थियो । वडा कार्यालय भएको ठाउँ गोश्वारा, कभर्डहल भएको ठाउँमा माल, जमिनी अड्डाहरु थिए । आजको घोराही बजार सहर भयो । घोडा बेच्ने ठाउँ घोराही बजार नामाकरण भयो ।

अहिले घोराही उपमहानगरपालिका भएको छ । यहाँ टाउन प्लानको योजना बन्थयो । करिब १२ विगाह जग्गामा १० हाते र २० हाते चाक्लो, लम्बाई ४८ हातको घडेरी बनाएर बजार बसाल्ने योजना भयो । केही समयपछि जग्गा कारोबारीले धेरै ठाउँमा टाउनको संरचना बनाए र जग्गा कारोबार गर्न लागे । त्यसै समयमा माओवादीहरुको युद्ध पनि २०५२ साल फागुनबाट सुरु भयो । मानिसहरुले गाउँ छोडेर बजार बस्न लागेपछि घोराही बजारको विस्तार हुँदै गएको हो ।

मानिसलाई स्वास्थ्य र सुरक्षा आवश्यक छ । यो विष्यामा सदरमुकाममा मात्रै औषधी र उपचार गर्ने माध्यम हुन् । उहिले नवलपुरमा (घोराही नजिकको गाउँ) ऋषिभक्ता राणा र पूर्णभक्त राना ठूला वैद्यहरु थिए । उनीहरुले गरेको उपचार स्तरीय थियो, हुन्थ्यो पनि । तर उनीहरुले आफ्ना वंसजहरुमा स्थानान्तरण भएन । सिक्न पनि चाहेनन् ।

त्यस्तै छ दाङमा बाबुका र बाजेका राम्रा गुणहरुलाई प्रयोगमा सन्तानहरुले ल्याएनन्, बरु सरासर खराब गुणहरुलाई देखाएर आफ्नो आचरण देखाएको धेरै जनाहरुलाई देखिन्छ । त्यसको प्रभाव घोराही बजारमा चल्ने सवारी साधन होस् वा ढुवानी साधनहरुका चालकहरुले देखाउने गरेको अवस्था छ । बाबु वा बाजेहरुले आर्जन गरेका जग्गा, जमिन बेचेर सवारीका साधनहरु खरिद गरेका छन् । मोजमस्ती गर्छन् । सम्भ्रान्तवर्ग कहलाउँछन् । तर चालक बनेका छन् । यस्ता चालकहरुमा आफ्नो चरित्र प्रदर्शन गर्ने मात्र गरेको पाउँछौँ ।

घोराही बजारको सडकहरु कतै सुकेको, खुम्चेको र मडारिएको छ । वर्षेनी मर्मत हुन्छ । दिनानुदिन भत्कँदै जान्छ । यहाँ बनेका संरचनाहरु निर्माण, मर्मत, भग्नावशेष भएको हुँदा ठेक्कापट्टा गर्नेहरु रमाउँछन् । उनीहरुलाई खुसी पार्न ठेक्कापट्टा गरिन्छ । निर्माणका कार्यहरु दिगो बनाउन होइन, चाँडै मर्मत गर्नका लागि निर्माण हुन्छ । ठेकेदारहरु मौलाउने अवसर हुन्छ ।

त्यसैले होला घोराही बजारमा सडक विस्तार कमजोर भएकोले सडकमा गुड्ने साधनहरु गुड्दा ढुङ्गाका टुक्राले पैदलयात्रीहरुका गोडामा चोट लाग्छ, बाइकका टायर पङचड हुन्छन् । तैपनि बाइक कुदाउनेहरुले एकले अर्कालाई असर पु¥याएकै छन् । उनीहरुको कुदाइ, दगुराइ र चलाइ हेर्दा घोराही बजारमा चल्ने सवारी साधनहरु ट्राफिक नियम पालन छैन भन्न सकिन्छ । सवारी साधन वा मालवाहक साधनहरुले ट्राफिक नियमहरु पालन गर्दैनन् भन्न सकिन्छ ।

यहाँका अधिकांश चालकहरुले ट्राफिक प्रहरीहरुले दिएका निर्देशनहरुको पालना गर्दैनन् । त्यस्ता चालकहरु प्रायः पहुँचको नेता, साहू महाजन, तस्कर, डन र ठेक्कापट्टामा रमाउनेहरु नै छन् । उनीहरुका बाइक, कार, जीप, भ्यान, ट्रक, टेम्पोहरु छन् । त्यसता साधनहरुका चालक पनि आफै हुन्छन् । उनीहरुमध्ये अधिकांश कामबिना घोराही बजारमा सवारी साधनले घुम्छन् । होटलमा बसेर चिया पिउँछन् । साँझमा साधनहरुलाई गुडाउँदै घरतर्फ लाग्छन् । धेरैको नित्य कर्म यस्तैमा बित्छ । देख्नेहरुले यस्तावर्गका मान्छेहरुलाई भन्छन्– धनले मात्तेका बुद्धि फाटेका । यस्तो वातावरणमा घोराही बजारले दरिद्रता देखाउँछ ।

सवारी साधनहरु गुडाउने मानिलकहरुले साधनको महत्व र आफ्नो दायित्व बिर्सेको ठाउँ नै घोराही बजार हो । यो बजारको विस्तार पनि द्रुत गतिमा भयो । यहाँ विकासका मापदण्डहरु पाइन्नन् । घरलाई विकास भन्नेहरु धेरै छन् ।शिक्षण संस्थाहरु जे–जति छन् उनीहरु अभिभावककको संरक्षकविहीन छन् । नेपाली जनताजस्तै संरक्षकविहीन भए सरह छन् । यसले बजार क्षेत्रमा छाडापन ल्याएको छ, घर–घरमा आत्मानुशासन हराएको वातावरण छ ।

धीरता, शिष्टता सहनशीलताजस्ता वातावरण एकआपसमा छैन । मर्यादा र आदर्शताको ज्ञान छैन । बालबालिकामा पढ्ने रुची छैन । पढाइप्रति झुकाव र लगाव छैन । सामाजिक व्यवहार, सद्भावपूर्ण रहनसहन र आपसी सम्बन्ध स्थापना गर्ने कार्यकुशलता नागरिकवर्गमा पाइन्न । धेरैले स्वार्थी भाव देखाउँछन् । स्वार्थ पूरा गर्नका लागि सम्बन्ध स्थापना गर्ने र स्र्वा पूरा भएपछि शत्रुवत व्यवहार गर्ने चलन छ । यस्तो वातावरण घोराही बजारमा बन्नु यहाँको सामन्ती प्रवृत्ति हो ।

२१औँ शताब्दीमा आउँदा पनि समयानुसार सद्भाव बढ्न नसक्नु नै सामाजिक पछौटेपन मानिन्छ । यसको प्रभाव गाउँघरका वासिन्दाहरुमा परेको छ । अहिले उपमहानगरपालिका भएपछि नाम फेर्ने प्रवृत्तिले गर्दा त्रिभुवनपार्कलाई लखन पार्क, गुमरा थारु चोकलाई घोडाघोडी चोक नामाकरण गरेका छन् । यसैलाई विकास भन्छन् । यहाँ औद्योगिक क्षेत्र छैन र उद्योगहरुको संख्या छैन । घरेलु उद्योग पनि धेरै अभाव बुझिन्छ । उनीहरु उत्पादनमा गुणस्तरीय छैनन् ।

बजारमा त्यस्ता मालवस्तुहरु बिक्दैनन् । तर घोराही बजारमा गुणस्तरीय सामानहरुभन्दा सस्तो मूल्यका सामानहरु धेरै बिक्छन् । नागरिकले पनि यातायातका लागि साधनहरुमा बार्गेनिङ गर्छन् । लिफ्ट माग्ने, यात्रु बन्नुपरेमा खाना खुवाउनु भन्छन् । यसले साधनहरु गुडाउनेहरुमा निराशा बढ्छ । कसैले चालकसँग पनि झगडिन्छन् । जसको परिणाम दुर्घटना घट्छ । यो मानवीय त्रुटी हो । सडक दुर्घटनामा धेरै कारणहरु छन् । जसमा मुख्य कारकतत्व सडक नै हो । जो बनेको वर्ष दिनमा भत्कन्छ तर मर्मत हुन्न । घोराही बजारका सडकहरु जिम्मेवार व्यक्तिहरुले हेर्न रुचाउँदैनन् । यसलाई मर्मत गर्न पनि इच्छा गर्दैनन् ।

घोराही बजार क्षेत्रमा गुड्ने बाइक, टेम्पो, जीप, कार र भ्यानहरु द्रूत गतिमा चलाउँछन् ।पैदलयात्रुप्रति दयाभाव हुन्न । उनीहरुलाई घाइते बनाउन घटना घटाउँछन् र साधन गुडाउँदै भाग्छन् । धेरैसँग चालक अनुमति हुन्न । त्यस्ता चालकहरुले राजनीतिक संरक्षण पाएकाले ट्राफिक प्रहरीहरुको भूमिका शिथिल हुन्छ । भनिन्छ – चोर डाटे कोटवालीको । यस्तै वातावरण पनि छ, जिल्लामा ।

नेपालमा हुने साधनहरुको गुडाइ बजार क्षेत्रमा प्रतिघण्टा १० कि.मि. हुनुपर्ने हो तर प्रतिमिनेट १ किमि गतिमा गुढाउँछन् । जेब्राक्रसिङमा मानिसहरुले बाटो काट्दा रोक्नुपर्ने हो तर साधन अझ गति बढाएर दगुराउँछन् । यो वातावरणले के देखाएको छ भने सान र मझौला सवारी साधनहरुको गतिभन्दा ठूलो साधनहरुको गति स्थिर भएको देखिन्छ ।

कुनै पनि साधनलाई ब्रेक लगाउँदा झ््याप्प रुक्दैन, लच्किन्छ । ठूला साधन ५ मिटरको दूरीसम्म पुग्छ भने साना साधनहरुको एकदेखि ३ मिटरसम्म लच्केको पाइन्छ । यस्तो अवस्थामा दुर्घटना घट्छ । साधनहरु गुडाउने व्यक्तिले धीरता अपनाउनु पर्छ ।