रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १९ घाइते

दाङ,२ मंसिर । रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको थियो ।

दुर्घटनामा बस चालक रोल्पा परिवर्तन गाउँपालिका–४ निवासी ४० बर्षीय बिरमान बुढामगरसहित चार जनाको मृत्यु भएको हो । अन्य ३ जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिएका छन् । दुर्घटनामा १६ बर्षीय किरण घर्तिमगर, २६ बर्षीय ‌बिना बुढामगर, १२ बर्षीय ‌कबिता बुढामगर, ३२ बर्षीय बिनोद ओली, २१बर्षीय ‌बिरेन्द्र मगर , ‌बिष्णु कुमारी रोका, निर्मला रोका, २४ बर्षीय ‌घनी बुढा मगर, ३ बर्षीय सिहन बोहरा, बर्षीय बिमला रोका मगर, उषा बोहरा, रुजन पुन मगर रहेका छन् ।

त्यसैगरी २१ बर्षीय भिमकुमारी पुनमगर, २६ बर्षीय तेज बहादुर पुन, १० बर्षीयएन्जेस रोकामगर, २५ बर्षीय ‌आशा बोहरा, २१ बर्षीय हर्कमान रोका, २८ बर्षीय अनिता बुढामगर, ३४ बर्षीय कमेराज रोका रहेका छन।घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर र अरुको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।