शिवराज खनाल
दाङ, ११ चैत । कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भैरहेकाले वेला त्यसको उच्च सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अनावश्यक काममा घर बाहिर ननिस्कन राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसीले सम्पूर्णमा आग्रह गरेका छन ।
कोभिड–१९ को प्रभाव निकै तीव्र रुपमा फैलिरहेकाले गाउपालिकाका सम्पूर्ण वडावासीहरुमा सजकता अपनाउन समेत अअध्यक्ष केसीले आग्रह गरेका हुन ।
साथै राजपुर गाउपालिका भारतीय सिमाबर्ती क्षेत्र भएकाले थप सतर्क रहन समेत उनको आग्रह छ ।
अध्यक्ष केसीले यो समयमा विभिन्न मुलुकहरुवाट पालिका भित्र आउने मानिसहरुबाट टाढै रहेर विशेष सावधानी अपउान समेत आग्रह गरेका छन । साथै उनले बाहिरबाट आउने नागरिकहरुको अभिलेख राखिने बताउँदै उनीहरुको बारेमा सूचना दिन समेत आग्रह गरेका छन । त्यसकालागि सूचना दिएर सहयोग गर्न समेत उनले आग्रह गरेका छन ।