दाङ,११ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड)का को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले आजदेखि पुरै देश लकडाउन गरेको छ । कलडाउनको पहिलो दिन दाङको बजार सुनसान बनेको छ ।
अन्य दिनहरुमा भीडभाड हुने घोराही बजार आज सुनसान रहेको छ । लकडाउनका कारण अत्यावश्यक पसलहरु बाहेक सम्पुर्ण व्यापार,व्यवसाय, उद्योग,कलकारखनालगायत यातायात सेवा ठप्प रहेको छ । अटेरीका कारण केही मानिसहरु हिडडुल गरेका छन भन अधिकांस नागरिकहरू घरमै बसेर सरकारले अनुरोध स्वीकार गरेका छन ।
सरकारले एक्कासी गरेको लकडाउनका बारेमा कतिपय सरकारी अधिकारीहरु पनि ‘लकडाउनमा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् । जानकारहरुका अनुसार यो कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन गरिएको हो






