गोरक्षकर्मीको नजरमा ‘लक डाउन’

कोरोना भाइरसको संक्रमणको संभावनालाई ध्यानमा राखि गोरक्ष राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन स्थगन गरेको छ । गोरक्षकर्मीहरु यतिबेला आफ्नै घरमा बसिरहेका छौ ।
पत्रिका स्थगन भएता पनि हामिले अनलाईन संस्करणलाई अपडेट गर्ने प्रयासमा छौ ।
हामी गोरक्षकर्मीहरुले लक डाउनको पहिलो बिहानमा देखेको अबस्था हाम्रो मेसेन्जर गु्रपमा संकलन गरेका छौ ।
हरिदेव वली(ढिकपुर) : 
गाँउ सुनसान छ । मान्छेहरु खासै बाहिर देखिदैनन् । घरतर्फ जाँदै गरेका मानिसहरु भने फाटफुट देखिन्छन् । घर छाडेर कोही कतै गएको देखिदैन ।

सुलोचना गौतम(घोराही १८)
बिहानै मर्निङवकको समयमा यस क्षेत्र सुनसान नै थियो । घर निमाणको कामका लागि बिहान केही मानिसहरु आएको देखियो । उज्यालो भएपछि फाटफुट मानिस हिडेको र बाइक गुडेको देखियो । यो अम्बिकेश्वरी मन्दिर भएर पनि होला, बाइकहरु देखिएको । मन्दिर वरपरका पसलहरु प्रहरीले बन्द गराएको पाइयो ।

लिलाधर वली(घोराही वजार क्षेत्र)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलन नदिनका लागि सरकारले गरेको लकडाउनको पहिलो दिन घोराही सुनसान अवस्था रहेको छ । लकडाउले पुरै ठप्प हुन्छ कि भन्ने सोचेपनि त्यो अनुसार देखिएको छैन । म बसेको घोराहीको काठेकोहल क्षेत्रमा केही मानिसहरु हिडडुल गरिरहेका छन । केही साना पसलहरु पनि खुलेका छन । त्यी खुलेका पसलमा मानिसहरु गफ गरिरहेका हुन्छन । जसले उनीहरुमा खास्सै सावधानी अपनाएको देखिदैनन् । तर पनि प्राय सडकमा हिड्ने मानिसहरुले मास्कको प्रयोग गरेका छन ।

लक्षिममान चौधरी(घोराही १७ ढिकपुर)
यता गाँउमा खासै लक डाउनको असर छैन । मानिसहरु निस्कने आफ्नो काम गर्ने क्रम रुकेको छैन ।

विपुल पोख्रेल
एक जना छिमेकीको दूर्घटनामा निधन भएको थियो । उनको अन्त्यष्टिमा सहभागि हुनुप¥यो । मलामीमध्य ८० प्रतिशतको मुखमा मास्क थियो । एकै ठाँउमा नभई छरिएर बसेका थिए । लासलाई छुनेहरु र नजिक उभिनेहरुले मास्कका साथमा हातमा पञ्जासमेत लगाएका थिए ।
त्यो बाहेक वरपरको जनजीवन लक डाउनवाट प्रभावित देखिन्छ ।