शिवराज खनाल
देउखुरी,११ चैत । लमही नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुवास न्यौपानेले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन वडावासीलाई आग्रह गरेका छन ।
कोभिड–१९ भाइरसका कारण विश्व नै आक्रान्त भैरहेकाले यो वेला त्यसबाट बच्नका लागि उच्च सावधानी अपनाउन र अति अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन । कोरोना भाइरसलाई फैलन नदिन सचेतनासँगै सजकता आवश्यक रहेकाले यो समयमा सरकारले गरेको आग्रहलाई पालना गर्न समेत उनले आग्रह गरेका छन ।
साथै वडाध्यक्ष न्यौपानेले विभिन्न मुलुकवाट वडाभित्र आउने नागरिकको अभिलेख राखिने बताउँदै त्यसकालागि सूचना दिएर सहयोग गर्न समेत वडावासीलाई आग्रह गरेका छन ।शंका लागेमा स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।