सावधानी अपनाउन सञ्चारकर्मीलाई आग्रह

दाङ, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा रहने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जान नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरेका छन ।

आफू सुरक्षित भएर मात्र अरुलाई सुरक्षित राख्न अनि सहि सूचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहन सम्पूर्ण पत्रकारहरुमा पोख्रेलले आग्रह गरेका हुन । ‘आफु सुरक्षित भएरमात्र अरुलाई सुरक्षित राख्न अनि सहि सूचना दिन सकिन्छ, डिउटीमा जाने पत्रकारहरु सावधानीकासाथ कार्यस्थलमा जाऔँ’ उपाध्यक्ष पोख्रेलले भने­,‘ ‘लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीले पालना गर्नेछन्, कार्यस्थलसम्म जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रशासनलाई आग्रह गर्दछु ।’ उनले जोखिमबाट जोगीन समेत सबैमा आग्रह गरे ।

चैत ११ गते आजदेखि नेपाल सरकारले पुरै देशलाई गरेको लकडाउनको सम्मानपूर्वक नेपाली मिडिया र मिडियाकर्मीलाई पालना गर्न समेत उपाध्यक्ष पोख्रेलले आग्रह गरेका हुन । उनले लकडाउनको अवस्थामा आफु कार्यस्थल जाने सञ्चारकर्मीहरुलाई सहयोग गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेका छन ।

उपाध्यक्ष पोख्रेलले पत्रकारहरु सजग रहन, घरबाट काम गर्ने व्यवस्था मिलाउन, बैकल्पीक मिडिया र सोसल मिडियाहरुलाई अत्यधिक, आवश्यक र सही सूचना दिन अनुरोध गर्दै पत्रकारहरुलाई पत्रकार सम्मेलनहरुमा नजान समेत अनुरोध गरेका छन ।

त्यस्तै पोख्रेलले पत्रकारहरुलाई प्रेस काउन्सीलले जारी गरेको निर्देशिका पालना गर्न समेत सम्पूर्ण पत्रकारहरुमा आग्रह गरेका छन । साथै एनटिभी प्लसले एसईई विद्यार्थीहरु लक्षित सामाग्री प्रशारण गर्न थालेकोमा धन्यवाद दिदै स्थानीय एफएमर अन्य सञ्चारमाध्यमहरुलाई समेत विदार्थीहरुलाई उपयोगी सामाग्री प्रसारण
तथा प्रकाशन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन ।