Goraksha

National Daily

एक साताका लागि गोरक्ष दैनिक स्थगन

गोरक्ष समाचारदाता
दाङ,१० चैत । एक साताका लागि गोरक्ष राष्ट्रिय दैनिकको प्रकाशन स्थगन गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनका लागि भीडभाडमा बस्न नहुने भएका कारण चैत ११ गते मंगलबारको अंकदेखि प्रकाशन स्थगन गरिएको हो ।

यद्यपी पत्रिकाको अनलाइन सस्करण भने अपडेट भैरहने छ ।

जिल्लाका अत्यावश्यक सेवा प्रदायक निकाय बाहेक सवै बन्द रहेको अवस्थामा पत्रिकाको वितरण पनि संम्भव नहुने हुदा अनलाइन सस्करणबाटै समाचार प्रवाह गर्ने व्यवस्था मिलाइएको पत्रिकाका प्रकाशक सूलोचना गौतमले जानकारी दिएकी छिन ।

यसो गर्दा पर्न जाने असुविधाप्रति क्षमा माग्दै उनले अत्यवाश्यक सूचना र विज्ञानहरु अनलाइन सस्करणमार्फत प्रवाह गरिने जानकारी गराएकी छिन ।