तुलसीपुर,१० चैत । नेपाली कांग्रेसका नेता शंकर गिरीले प्रदेश नम्बर ५ को सांसदको सपथ लिएपछि दाङ तुलसीपुर स्थित बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पन गर्दै जनहितमा काम गर्ने कसम खाएका छन् ।
बीपीको शालिकमा माल्यार्पन गर्दै दाङ तुलसीपुर–१२ कचिला निबासी सांसद गिरीले बीपीको आदर्शबाट प्रभावित भइ राजनीतिमा लागेको भन्दै बीपीले देखेको सपना पूरा गर्ने मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कांग्रेसका प्रतिबन्धित हुदादेखि नै राजनीतिमा सशक्त रुपमा लागेका गिरी एक कुशल राजनीतिज्ञ र स्पष्ट बक्ताको रुपमा चर्चित छन् । गिरी सांसद भए सबै राजनीतिकर्मीहरुले नेपाली काङ्ग्रेसले लामो संघर्श गरेका गिरीप्रति न्याय गरेको प्रतिक्रिया दिएका छन् । गिरीले अहिले विश्व आक्रान्त बनाइरहेको कोरोना भाइरसवाट वचन उच्च सतर्कता अपनाउन समेत सबैमा अपिल गरेका छन् ।