दुर्घटनामा एक जनाको मृत्यु

दाङ,१० चैत । घोराही–लमही सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

उक्त सडक खण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा ३ प ५४३० नम्बरको स्कुटी दुर्घटना हुदा चालक घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी ३६ बर्षिय अमितसिंह धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीलका प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन ।

दुर्घटनामा गम्भीर घाइते भएका धामीको लमहीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।