असल नेतृत्व भएमात्र नागरिकले लाभ लिन सक्छन् : देवकोटा

गोरक्ष समाचारदाता
दाङ, १६ असोज । राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले असल नेतृत्व भएमा मात्र नागरिकले लाभ लिन सक्ने बताएकी छिन् । यसका लागि असल नेतृत्व निर्माणका लागि सबैले भुमिका खेल्नु पर्ने उनको भनाइ रहेको छ ।

‘एक व्यक्तीले मात्र गरेर हुदैन सबै मिलेर अगाडि वढनु पर्दछ ’ देवकोटाले भनिन् । दाङ महिला जेसीजको आयोजनामा भएको मानविय विकासमा नेतृत्वको अभ्यासहरु विषय सेमिनारमा उनले यस्तो बताइकी हुन । जेसीजले असल व्यक्ति वनाउने भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरिन् । जेसीस आफैमा नेतृत्व विकाश गर्ने संस्था भएको सन्दर्भ कोट्याउंदै सांसद देवकोटाले अशल चरीत्र निर्माणमा पनि जेसीसको अहम भुमिका रहेको बताइन् । ‘शुसासन, पारदर्शिता र क्षमता अभिबृद्धिका सन्दर्भमा तपाइ जेसीहरुले खेलेको भुमिकाको उच्च प्रशंसा गर्न चाहन्छु, आज तपाइहरुले निर्माण गरेका अशल मान्छेलेनै भोलि मुलुक चलाउने हो’—प्रमुख अतिथि देवकोटाले भनिन् ।

कार्यक्रममा मुख्यबक्ता नेपाल सरकारका पुर्व सहसचिव रमेशकुमार अधिकारीले असल नेतृत्वमा हुनु पर्ने गुणका चर्चा गदै सही नेतृत्वले मात्र परिवर्तन दिन सक्ने बताए । परिवर्तनका लागि असल नेतृत्व आवस्यक पर्ने उनको भनाइ रहेको थियो । अर्का मुख्य बक्ता नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विचार सिद्धान्तले मात्र परिवर्तन गर्न असम्भव रहेको बताए । विचार सिद्धान्त वुझेर सफल नेतृत्व गर्न सक्ने व्यक्तिले मात्र परिवर्तन गर्न सक्ने उनको भनाइ रहेको थियो । परिवर्तन सिद्धान्तले मात्र नुहने भन्दै व्यवहारीक रुपमा कार्यान्वन हुनु पर्ने पोख्रेलको भनाइ रहेको थियो ।

कार्यक्रममा टिप्पणी गदै डा कृष्णराज डि सीले सक्षम नेतृत्व आजको आवस्यकता रहेको औल्याउंदै नेतृत्वकालागी आवस्यक चरीत्र निर्माणमा जेसीले खेलेको भुमिकालाइ सवैले प्रशंसा गर्नुपर्ने बताए । सक्षम नेतृत्व हुन नसक्दा समाज तथा देश नै पछाडि पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रम दाङ महिला जेसीका अध्यक्ष ममता विष्ट डाँगीको अध्यक्षतामा भएको थियो ।

त्यस अवसरमा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र वुढाथोकी, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष राजिव उला खाँ, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मा, महिला नेतृहरु पुष्पा श्रेष्ठ, पुनम सेपाइली लगाएतकाले भनाइ राखेका थिए । त्यस अवसरमा दाङ महिला जेसीजका पुर्व अध्यक्ष विणा विसीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम संयोजक वशन्ता भण्डारीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन जुनकुमारी वुढाले गरेकी थिइन् । कार्यक्रमको सहजिकरण दाङ महिला जेसीका महासचिव सुनिता थापाले गरेकी थिइन् ।