फोटोग्राफरहरूलाई क्षमता अभिवृद्धि तालिम

हिमाल महरा
दाङ, १६ असोज । दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको आयोजनामा एकदिने फोटोग्राफीसमबन्धी तालिम सम्पन्न भएको छ । व्यावसायिक फोटोग्राफरहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक बसन्त जोशीले जानकारी दिए ।

तालिममा दाङ जिल्ला भरिका ५० जना व्यावसायिक फोटोग्राफरहरूको सहभागिता रहेको थियो । तालिम उद्घाटन कार्यक्रम एसोसिएशन दाङका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षता एवं नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने र दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्व उपाध्यक्ष मधुसूदन जोशीलगायतले भनाइ राखेका थिए । उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव दुर्गा चौधरीले गरेका थिए

। फोटो पसल प्रालिको सहकार्यमा गरिएको तालिमको प्रशिक्षकमा वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत रहेकोे एसोसिएशनका उपाध्यक्ष मिनराज महराले जानकारी दिए ।